कोरोना: राजनीतिक झगडाले ग्रस्त ब्राजिलमा संक्रमित १० लाख बढी, मृतक ५० हजार नजिक


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

विश्वमा कोरोनाको महामारी सुरु भएको महिनौंपछि ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या १० लाख नाघेको छ । शुक्रबारमात्र ब्राजिलमा ५४ हजार ७ सय ७१ मा संक्रमण पुष्टी भएको हो ।

अब ब्राजिलमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या १० लाख ३२ हजार ९ सय १३ पुगेको छ । मृतकको संख्या पनि ५० हजारको नजिक छ । शुक्रबारसम्म मृतकको संख्या ४८ हजार ९ सय ५४ पुगेको छ । एकैदिनमा १२०६ को मृत्यु भएको हो ।

विश्वमा अमेरिकापछि सबैभन्दा धेरै संक्रमण पुष्टी हुने र मृत्यु हुनेहरुको संख्या ब्राजिलमा छ । २१० मिलियन जनसंख्या रहेको ब्राजिल राजनीतिक झगडाले ग्रस्त भएका कारण र बेमेल क्यारेन्टीन आदेशहरुका कारण विज्ञहरुलाई कहिले कोरोना चरमउत्कर्षमा पुग्छ भन्ने निचोड निकाल्न मुस्किल बनाएको छ ।

रियो दि जेनेरियोको एउटा विश्वविद्यालयले जुनको अन्तिमसम्ममा १३ लाखमा संक्रमण पुष्टी हुने अनुमान गरेको छ । विश्वभर कोरोनाको महामारी फैलिंदा ब्राजिलले कुनै खास तयारी नगरेका कारण अहिले ब्राजिलमा महामारीले यो रुप लिएको विश्लेषण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्राजिलमा फरबरीको अन्त्यमा पहिलोपटक कोरोना संक्रमण पुष्टी भएको थियो । युरोपको भ्रमणबाट फर्केका साओ पाउलोका ब्यापारीमा कोरोना संक्रमण देखिएको थियो । विगत तीनसातामा ब्राजिलले कोरोनाबाट भएको मृत्युमा स्पेन, इटली र बेलायतलाई उछिनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com