२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
मनोरञ्जन

भर्चुअल कन्सर्ट गर्दै काठमाडौंको अमेरिकी दूतावास, आर्थर गनदेखि प्रवल गुरुङसम्म

आगामी शुक्रबार अमेरिकी दूतावास काठमाडौंले विभिन्न कलाकारहरु र सेलिब्रेटीहरुका साथमा भर्चुअल कन्सर्ट गर्ने भएको छ ।

नेपाली समय अनुशार जुन १९ को बेलुका ६ बजे दूतावासको फेसबुक पेजमा उक्त कन्सर्ट प्रशारण गरिने भएको छ ।

कन्सर्टमा अमेरिकन आइडलका नेपाली मुलका रनर अप आर्थर गनले समेत प्रस्तुती दिने भएका छन् । त्यस्तै चर्चित नेपाली अमेरिकन फेशन डिजाइनर प्रबल गुरुङले समेत उक्त कन्सर्टमार्फत सन्देश दिने भएका छन् ।

नेपालका चर्चित कलाकारहरु समृद्धि राई, स्वप्न सुमन र तृष्णा गुरुङको प्रस्तुती रहने उक्त कन्सर्टमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र जनस्वास्थ्य विशेषज्ञ डाक्टर अरुणा उप्रेतीले सन्देश दिने जनाइएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

कन्सर्टको संचालन अमेरिकी दूतावास काठमाडौंमा कल्चरल अफेयर्सका अधिकारी कार्ल रोजर्सले गर्नेछन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →