अर्घाखाँचीका दुई जना काेराेना संक्रमित निको भएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको दोस्रो पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।
भारतबाट आएर पाणिनी गाउँपालिका-८, पालिमा रहेको कमला माविको क्वारेन्टाइनमा बसेका १९ वर्षिय युवक र ४३ वर्षिय पुरुषमा जेठ १२ गते पिसिआर पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि उनीहरुको सन्धिखर्क हटारीमा रहेको आईसोलेसनमा उपचार भईरहेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।