अमेरिकाभित्रै हुनेका ग्रिनकार्ड आवेदनपनि गुपचुप ‘होल्ड’मा


प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर आउनेहरुको आप्रवासी भिसामा रोक लगाउने आदेश जारी गरेपनि अमेरिकाभित्रै हुनेका ग्रिनकार्ड आवेदन समेत युएससीआईएसले होल्डमा राखेको छ । गत अप्रिलमा २२ मा अमेरिकी राष्ट्रपति ट्रम्पले ६० दिनका लागि आप्रवासी भिसा जारी गर्नमा रोक लगाएका थिए ।

युससीआईएसले यसै हप्ता कर्मचारीहरुलाई आन्तरिक निर्देशन जारी गर्दै ग्रिनकार्ड आवेदनहरु होल्डमा राखेर नागरिकता वितरण समारोहहरुलाई प्राथमिकता दिन भनेको थियो । तर कर्मचारीहरुलाई बुधबार पठाइएको अर्को इमेलमा निश्चित प्रकारका ग्रिनकार्ड आवेदनलाई भने प्रकृयामा लैजान भनिएको छ ।

स्वास्थ्य सेवा प्रदायकहरु र इमर्जेन्सी तथा संवेदनशिल अवस्थाका ग्रिनकार्ड आवेदनहरुलाई भने होल्डमा नराख्न भनिएको जनाइएको छ । युएससीआईएसले भने ग्रिनकार्ड आवेदनलाई प्रकृयामा लैजानका लागि राखिएको होल्डलाई कोरोनाको महामारीका कारण ग्रिनकार्डका अन्तरवार्ताहरु र बायोमेट्रिकहरु रोकिएका कारण उत्पन्न अवस्था बताएको छ ।

युएससीआईएसले अहिले आफ्नो प्राथमिकतामा कोरोनाको महामारीका कारण रोकिएका नागरिकता वितरण समारोहहरुलाई सुचारु गर्नु रहेको स्पष्ट पारेको छ । युएससीआईएसले वक्तब्यमार्फत आफूहरुले कोरोनाबिरुद्धको लडाई सम्बन्धित ग्रिनकार्डका आवेदनहरु र अत्यावश्यक स्टाटस एड्जस्टका अन्तरवार्ताहरुलाई प्राथमिकता दिएको तथा अरु व्यक्ति उपस्थीत हुनुपर्ने सेवाहरु निकट भविश्यमा सुचारु गर्ने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com