पत्रकार किरण मरहठ्ठा अब खसोखासमा भिडियो सेक्सन प्रमुख


प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार

न्युयोर्क निवासी पत्रकार किरण मरहठ्ठाले अब खसोखासमा भिडियो सेक्सन प्रमुखका रुपमा योगदान दिने भएका छन् । उनले खसोखासमा अब कार्यक्रम प्रस्तोता र मल्टिमिडिया सम्पादकका रुपमा औपचारिक भूमिका निर्वाह गर्नेछन् ।

२० बर्षदेखि नेपाली संचारमाध्यममा सकृय पत्रकार किरण मरहठ्ठा वुटवल एएफएम, नेपाल टेलिभिजन, गोर्खा एफएम र एबीसी टेलिभिजनमा चर्चित नाम हो । उनले एबीसी टेलिभिजनमा हरेक दिन समसामायिक विषयमा कार्यक्रम संचालन गर्दै आएका थिए । एबीसी टेलिभिजनमा डेपुटी जनरल मेनेजर समेत भएका उनले क्रसचेक, एबीसी वाच र नागरिक सम्बाद कार्यक्रम चलाउँथे ।

मेस्सी द मेन एट बार्सा नामको बृत्तचित्र निर्माण गरेका उनले अमेरिका आइसकेपछि द होप, मिडिया इन मास र हु इज हु लगायतका पुस्तकहरु प्रकाशन गरिसकेका छन् । उनले अमेरिकी मुलधारका विभिन्न राजनीतिज्ञसँग समेत टेलिभिजन शोहरु गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com