जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२, डा.बाबुराम भट्टराई चौथो नम्बरमा


प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष भएका छन् । यस्तै, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् ।

ठाकुर र यादवको अध्यक्ष रहने गरी आइतबार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको हो । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ।

डा. बाबुराम भट्टराईको नाममा राजपाका नेताहरुले आपत्ति जनाएपछि बाबुराम पछि हट्न बाध्य भएका छन् । भट्टराई, राजेन्द्र महतो र अशोक राई बरिष्ठ नेता रहेका छन् । श्रेष्ठका अनुसार जसपाको ७०१ सदस्यीय केन्द्रीय समिति र ५३ सदस्यीय केन्द्रीय कार्यकारीणी समिति रहने व्यवस्थ गरिए पनि आज केवल ५२ जनाको मात्र नाम निर्वाचन आयोगमा बुझाइएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै बेला शक्तिशाली पार्टी एमाओवादीको उपाध्यक्ष रहेका र प्रचण्डपछिको बरियतामा रहेका तथा प्रधानमन्त्री भइसकेका भट्टराई मधेश केन्द्रित पार्टीमा पुगेर चिसो पानीले नुहाउने अवस्थामा पुगेको राजनीति विश्लेषकहरुले बताएका छन् ।

आज भन्दा ४६ दिन अघि सरकारले राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याएका कारण रातारात पार्टी एकता गर्न पुगेका दुई मधेशवादी दलले आज निर्वाचन आयोगमा दल दर्ताको अन्तिम सूचना दिएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com