करिब सात हजार भारतीय नागरिक बेलहिया नाकामा अलपत्र


प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार

रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार बर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्किने बाटो कुरेर बसिरहेका छन् । दुई भाइ र दुई बहिनीसँगै सो भट्टामा काम गर्ने उनी भारतको बरेली जिल्लाको सजानपुरका स्थायी बासिन्दा हुन् । बन्दाबन्दीका कारण भट्टा सञ्चालकले सबै मजदुरलाई घर फर्कन भनेपछि एकैसाथ परिवारसहित पैदलै घरतर्फ फर्कने क्रममा सीमामै रोकिएका छन् । नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई भारतले सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन । कोरोना भाइरसको जोखिमका कारण स्वदेश फर्किन चाहने भारतीय नागरिक करिब सात हजारभन्दा बढी सीमावारि नेपालतर्फ रोकिएका छन् ।

भारत फरिदपुरका रौनक तीन वर्षे बालक, पाँच वर्षे बालिका र श्रीमतीसहित तीन दिनदेखि सडकमा घर फर्कने बाटो कुरेर बस्दै आएका छन् । उनी पनि इँटाभट्टाका मजदुर हुन् । मजदुर रौनकले भने, “यहाँ खानालाई समस्या छैन । यतै नेपाली दाजुभाइले सडकमै खाना नास्ता खुवाइरहनुभएको छ । तर बस्नचाहिँ यही सडकमै बसेका छौँ ।” उनी जत्तिसक्दो छिट्टै घर जान पाए हुने भन्दै चिन्तासमेत व्यक्त गरे । “भट्टाबाट यहाँसम्म त आइयो, दिनदिनै नेपालीहरु आइरहेका छन् । तर, हामीलाइ भारतीय सरकारले अझै लिन आएको छैन”– उनले भने–“यता काम नपाएझै सडकमै दिनरात बस्नु परेको छ । उता घरमा खेतिपाति गर्ने कोहि छैन ।”दुखः पर्दा सबैलाइ जन्मथलो प्यारो हुने बेलहिया सडकमा भेट्टिएका भारतको पीपिगन्ज निवासी ५२ बर्षिय वकिल मुसलमानले भने–“भारतबाट नेपालीहरु जन्मथलो आइरहेका छन् । हामी नेपालबाट आफ्नै जन्मथलो फर्किनबाटो कुरेर सडकमा बसिरहेका छौ ।” भारत कताराका संतराज पनि दुई भाइसंगै घरजाने क्रममा सीमामा रोकिएको तीन दिन भयो । पत्रकारहरुलाई देख्नासाथ उनले भने– “हाम्रो कुरा भारत सरकारलाई पुराईदिनुपर्यो, हामी कहिलेसम्म बोर्डरमा बस्ने हो । के हामीलाई आफ्नो देश जान अनुमति छैन ?”

स्वदेश फर्कन नेपालतर्फ सीमा क्षेत्रमा बस्दै आएका भारतीय नागरिकलाई सीमा क्षेत्रका नेपालीले उद्धारको काम गरिरहेको बेलहियाका स्थानीय रामबहादुर बस्नेतले जानकारी दिए । उनले भने–“हामी दिनदिनै सीमामै स्वयंसेवकको रुपमा खटिएका छौं । भारतबाट नेपाल आउने नेपालीहरु दैनिक १२,१३ सय आइरहेका छन् । तर यताबाट पारी जानेहरु बढीमा दैनिक ८ सय जति गईरहेका छन् ।” देशैभरका नागरिकहरु हुलहुल आउदा भैरहवामा व्यवस्थापनमा समस्या भएको लुम्बिनी इट्टा उद्योगी व्यवसायी संघका अजय गुप्ताले बताए । उनले देशैभरका भट्टामा कामगर्ने भारतको उत्तरप्रदेशका नागरिकहरु एकै साथ आउदा समस्या भइरहेको बताए । यहाँ रहेका भारतीय नागरिक पारी नजादासम्म केही समय भट्टामा नै मजदुरहरुको व्यवस्थापन गर्न प्रशासनले भूमिका निर्वाह गर्नुपर्ने उनी बताउँछन् ।

प्रदेश ५ का बिभिन्न जिल्लामा मात्रै २ सय १० भट्टा रहेका छन् । ती भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय रहेका छन् । एउटा उद्योगमा सय भन्दा बढि मजदुर काम गर्ने गर्दछन् । दसैतिहार पछि आएर बैशाखको दोस्रो सातादेखि घर जाने मजदुरहरु खेतिपातिको लागि घर फर्किन थालेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले भारत तर्फको प्रक्रियागत ढिलाइका कारणले मजदूरहरु रोकिइराखेको बताए । भारत सरकारले उत्तर प्रदेशका नागरिकहरुलाई मुख्यरुपमा बेलहिया नाकाबाट स्वदेश प्रवेशको अनुमति दिएकाले उत्तर प्रदेशबाट आएर नेपालका बिभिन्न जिल्लामा मजदूरी गरि बसेका भारतिय नागरिकहरको केही भीड देखिएको बताए । उनले भने– “दैनिक १ हजार भन्दा बढीलाई भारतले स्वदेश भित्राएको छ अरु करिव ८ हजार जति सीमानाकामा रोकिएकापनि स्वदेश फर्किने प्रक्रियामै रहेका छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नेपालमा कामगर्ने भारतीय मजदुरहरुको व्यवस्थापनमा नगरपालिकाले विभिन्न सामाजिक संघसंस्थासंग समन्वय उद्धार गर्दै आएको बताउँछन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com