दुलहीले लगाइन् डिजाइनर मास्क, चौतर्फी चर्चा


प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार

संसारभरी फैलिसकेको कोरोनाभाइरसका कारण थुप्रै विवाह रोकिएका छन् । तर आजकाल भारतको असममा भएको एउटा विवाहको तस्बिर चर्चाको केन्द्र बनेको छ । यहाँ विवाहका बेला दुलहीले कोरोनाबाट बच्नका लागि एक कलात्मक तरिका खोजेकी छिन् जुन धेरैलाई मन परेको छ ।
बजारमा विभिन्न प्रकारको मास्क पाइन्छन् तर यी निकै सामान्य हुन्छन् । यस्तोमा विवाहजस्तो विशेष मौकाका लागि विशेष मास्क बन्न थालेका छन् ।

हालै, असममा भएको विवाहमा दुलहा–दुलहीले विवाहमा डिजाइर मास्क लगाएका छन् । दुलहाको मास्क डिजाइनर भएपनि साधारण देखिन्छ भने दुलहीको मास्कमा निकै सुन्दर एम्ब्रोइडरी गरिएको थियो ।

यो मास्क बनाउने डिजाइनर नन्दिनी बोराकाकटीले आफूहरुले सर्जिकल मास्क स्वास्थ्यकर्मीका लागि सर्वसाधारणले कपडाले बनेको मास्क लगाउनुपर्छ भन्ने सन्देश दिन चाहेको बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com