कोरोनाबिरुद्धको चाइनिज भ्याक्सिन यहीबर्षको अन्त्यसम्ममा तयार हुने


प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार

चीनमा बनाइदै गरेको कोरोनाबिरुद्धको भ्याक्सिन यही बर्षको अन्त्यसम्ममा तयार हुने सम्भावना देखिएको छ । सरकारी स्वामित्वको सम्पत्ति निरिक्षण तथा प्रशासन आयोगको वीच्याटमा प्रकाशित रिपोर्टमा यसबारे उल्लेख गरिएको छ ।

यो भ्याक्सिन संयुक्त रुपमा बेइजिङ इन्स्टीच्युट अफ बायोलोजिकल प्रोडक्ट र चाइना नेशनल बायोटेक गु्रपले विकाश गरेका हुन् । रिपोर्टमा भ्याक्सिनको दोश्रो चरणको परीक्षण पूरा हुने र यो बर्षको अन्त्यसम्म वा अर्कोबर्षको सुरुतिर सर्वसाधारणको प्रयोगका लागि उपलब्ध हुने उल्लेख गरिएको छ ।

भ्याक्सिन उत्पादन क्षमता बार्षिक १ सय मिलियनदेखि १२० मिलियनसम्म हुने जनाइएको छ । अहिले विश्वभर कोरोनाभाइरसबिरुद्धका एकसयभन्दा बढी भ्याक्सिनहरुको विकाश भइरहेको छ तर केहीमात्र भ्याक्सिनको विकाश आशालाग्दो रहेको छ ।

चीनमा सबैभन्दा धेरै ५ वटा कम्पनीहरुले निर्माण गरेको भ्याक्सिन मानवमा परीक्षण गरिएको छ । चीनका राष्ट्रपतिले सफल भएको भ्याक्सिन विश्वभर बाड्ने प्रतिबद्धता जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्याक्सिनको सफलता जाँच्न तेश्रो चरणको परीक्षण आवश्यक छ । पोलियो र हेपाटाइटिसबिरुद्धको जस्तै प्रकारको कोरोनाबिरुद्धको भ्याक्सिन निर्माण गर्न लागिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com