अमेरिकाद्वारा विश्व स्वास्थ्य सङ्गठनसँगको सम्बन्ध तोड्ने घोषणा


प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको जनाइएको छ ।

विश्वमा फैलिएको कोभिड १९ को विषयलाई लिएर पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीचको सम्बन्ध चिसिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले अमेरिकाको नभएर चीनको मात्र भाषा बोलेको आरोप लगाउँदै आउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले उक्त सङ्गठनसँगको सम्बन्ध तोड्ने जानकारी दिँदै कोरोना भाइरस सङ्क्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य सङ्गठन असफल भएको आरोप पनि लगाउनुभएको छ । राष्ट्रपति ट्रम्पले गत महिनामात्र पनि अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको आर्थिक सहयोगको मात्रा पनि बन्द गरिदिने चेतावनी दिनुभएको थियो ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भन्नुभयो– चीनले वर्षेनी विश्व स्वास्थ्य सङ्गठनलाई ४ करोड अमेरिकी डलर बराबरको मात्र आर्थिक सहायता दिँदैआएको छ तर उक्त सङ्गठनमाथि चीनले नै नियन्त्रण जमाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई वर्षेनी ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गरी आएको जानकरी गराउँदै तर पनि उक्त सङ्गठनले अमेरिकाको आवाज बोल्न नसकेको आरोप लगाउनुभयो । उक्त सङ्गठनलाई व्यापक सुधार गर्न अमेरिकाले अनुरोध गरेको भए पनि उ असफल भएको आरोप पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभयो । उहाँले भन्नुभयो– त्यसैले पनि हामीले आजबाट विश्व स्वास्थ्य सङ्गठनसँगको सबै खालको नाता तोड्दैछौँ ।

यस घोषणासँगै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघअन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको रकम अबदेखि विश्वमा जनस्वास्थ्यका क्षेत्रमा लगाउने पनि जानकारी दिनुभयो ।

संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाताराष्ट्र हो । अमेरिकाले प्रत्येक वर्ष उक्त सङ्गठनलाई ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने गर्छ ।

यसअघि देखि नै राष्ट्रपति ट्रम्पले चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा उक्त सङ्गठनलाई दोषी देखाउनुभएको थियो ।
अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनमा विस्तृत रुपमा सुधार गर्ने भनेको तर पति उक्त सङ्गठनले नमानेको आरोप ट्रम्पको छ । यसअघि पनि उहाँले चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको आरोप लगाउनु भएको थियो ।

अमेरिकाले उक्त भाइरसको प्रकोप फैलिएदेखि नै कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली चीन पठाउनुपर्ने माग राख्दैआएको छ । तर त्यस मागप्रति चीन र विश्व स्वास्थ्य सङ्गठन नै सकारात्मक छैनन् । कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा कोरोना सङ्क्रमणका कारण एक लाखभन्दा बढीको ज्यान गएको छ भने १७ लाखभन्दा बढी नागरिक सङ्क्रमित छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com