यस्ता बन्दैछन् भूकम्पबाट ध्वस्त उपत्यकाका सम्पदा

प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार

-दीपेन्द्र ढुंगाना (सबै तस्विर)

भूकम्पबाट ध्वस्त काठमाडौं, भक्तपुर र ललितपुर दरबार क्षेत्रका केही सांस्कृतिक सम्पदाहको पुननिर्माण सकिएको छ भने केहीको अझै हुँदैछ । पुननिर्माणको कार्य जारी रहँदा सांस्कृतिक सम्पदाहरु पुरानै लयमा फर्कन लागेको अनुभव हुन्छ ।

वैशाख १२ को भूकम्प र वैशाख २९ को परकम्पले उपत्यकामा मात्र सात सय २१ सम्पदा पूर्ण वा आंशिक रूपले क्षतिग्रस्त भए ।

काठमाण्डौका एक सय ५० मठमन्दिर क्षतिग्रस्त भए । ६० वटा पूर्ण रूपमा ध्वस्त भए । ललितपुरमा ५९ मठमन्दिर क्षतिग्रस्त भए । तीमध्ये १७ पूर्ण रूपमा ध्वस्त भए ।

भक्तपुरका क्षतिग्रस्त ३३ मठमन्दिरमध्ये १३ पूर्ण रूपमा ध्वस्त भए । मठमन्दिरबाहेक अन्य धेरै सम्पदा पनि ध्वस्त भए ।

वसन्तपुर दरबार क्षेत्रमा धेरै मठमन्दिर र ऐतिहासिक सम्पदा थिए । त्यहा रहेका काष्ठमण्डप, मजुदेग, त्रैलोक्यमोहन मन्दिर, कामदेव मन्दिर, कृष्ण मन्दिर, जंगहिरण्याम्हेमनारायण, जैैसीदेवल, राधाकृष्ण मन्दिर, कागेश्वर, प्रताप स्तम्भ, तलेजु मन्दिर अगाडिको कृष्ण मन्दिरलगायत सम्पदा ध्वस्त भए ।

वसन्तपुर दरबार क्षेत्रपछि अर्को तहसनहस भएको ऐतिहासिक स्थान भक्तपुर दरबार क्षेत्र हो । यहाका धेरै मठमन्दिर र ऐतिहासिक धरोहर ध्वस्त भए।

पाटन दरबार क्षेत्रका पनि धेरै धरोहर भत्के । तीमध्ये शंकरनारायण मन्दिर, तलेजु मन्दिर, चारनारायण मन्दिर, मनिमण्डप, आगाम छे, विश्वेश्वर मन्दिर, सुन्दरीचोक, बहादुर शाहको दरबार, योगनरेन्द्रको स्तम्भ, बुङमतीको मन्दिर पूर्ण रूपमा ध्वस्त भए ।

वसन्तपुर दरबार क्षेत्र पहिलेजस्तै हुबहु र आकर्षक बनाउन सात वर्ष लाग्ने सरकारको अनुमान छ, तर विज्ञहरूले भने १५ वर्ष लाग्ने दाबी गरेका छन् ।

मध्यकालमा पाटन दरबार क्षेत्रलाई चौकोट दरबार भनिन्थ्यो । ईस्वीको सत्रौ शताब्दीमा शिवसिंह मल्लले किल्लाका रूपमा दरबारको चारकुनामा चौकोट बनाएपछि यसको नाम चौकोट राखिएको हो ।

लिच्छविकालमा नेपाल मण्डलको राजधानी भक्तपुर थियो । त्रिपुर दरबार भक्तपुरको मुख्य प्रशासनिक केन्द्रका रूपमा थियो । त्रिपुर दरबार अहिलेको त्रिपुरासुन्दरीको वरिपरि रहेको चित्रगुप्त दरबारमा अवस्थित थियो । त्रिपुर दरबारको पश्चिम भागतिर युथोनिमम दरबार थियो । त्रिपुर दरबार सुकुलढोकामा थियो भने त्यसको पछाडिपट्टि युथोनिमम दरबार थियो ।

१९९० सालको भूकम्पमा पनि वसन्तपुर क्षेत्रकै जगन्नाथ, इन्द्रेश्वर, कालभैरव र श्रीकृष्ण महाविष्णु मन्दिर भत्केका थिए । विष्णु मन्दिर छुट्टै प्यागोडा शैलीमा बनाइएको थियो । ०९० सालमा भूकम्पले भत्किसकेपछि यसको आकार सानो हुन पुग्यो ।

०९० सालमा पुनर्निर्माण गर्दा महाविष्णु मन्दिर बनाउन झन्डै चार वर्ष लागेको थियो । त्यस्तै, कालभैरव बनाउन साढे तीन वर्ष, जगन्नाथ मन्दिर बनाउन तीन वर्ष लागेको थियो ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com