अमेरिकाले ब्राजिलमाथि लगायो यात्रा प्रतिबन्ध


प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार

ट्रम्प प्रशासनले पछिल्लो १४ दिनमा ब्राजिल पुगेका विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । ल्याटिन अमेरिकी देश ब्राजिल हालै कोरोनाभाइरसद्वारा सर्वाधिक ग्रसित देशको दोस्रो हटस्पटको रुपमा देखिएको छ । ब्राजिलमा संक्रमितको संख्या तीन लाख ६० हजार पुगेको छ भने हालसम्म २२ हजार बढीको ज्यान गइसकेको छ ।

ह्वाइट हाउसकी एक प्रवक्ताले अमेरिकामा बाहिरबाट कुनै नयाँ केस नआओस् भन्ने उद्देश्यसहित यस्तो प्रतिबन्ध लगाइएको जानकारी दिइन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली मेकेनीले भनिन्, ‘प्रतिबन्धको निर्णयबाट हामी यो कुरामा निश्चित हुनेछौं कि जो विदेशी नागरिक ब्राजिलमा छन्, उनीहरु हाम्रो मुलुकका लागि संक्रमणका अतिरिक्त स्रोत नबनून् ।’ पछिल्लो दुई हप्तामा जो पनि ब्राजिल गएका छन् उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ ।

यो प्रतिबन्धका कारण दुई देशबीचको व्यापार भने प्रभावित हुनेछैन । यो प्रतिबन्ध २८ मे देखि प्रभावकारी हुनेछ । यद्यपि, यो यात्रा प्रतिबन्ध अमेरिकी नागरिकमाथि भने लागू हुनेछैन । अबका दिनमा अमेरिकाले यस्तो खालको प्रतिबन्ध अन्य देशमा पनि लगाउन सक्ने अनुमान गरिएको छ । यसअघि अमेरिकाले चीन, इरान, युरोपको शेंगन इलाका, ब्रिटेन र आयरल्याण्डको यात्रामा गएकालाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

क्यानडा र अमेरिका बीच पहिले नै अनावश्यक यात्रामा प्रतिबन्ध लगाइने विषयमा सहमति भएको छ । ब्राजिलले हालै कोरोनाभाइरसको संक्रमणको मामलामा रुसलाई पछि पारेको थियो र अमेरिकापछि दोस्रो नम्बरमा आएको थियो । अर्कोतर्फ अमेरिकामा संक्रमितको संख्या १६ लाख पार भइसकेको छ भने मृतकको संख्या करिब एक लाख पुगेको छ । स्रोतः बीबीसी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com