नेपाल र भारतको सिमा क्षेत्रमा १०८ एकडको शान्ति बगैचा बनाउने प्रस्ताव


प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार

नेपाल र भारतबीचको सिमा विवाद चर्किरहेको बेलामा नेपाल र भारतको सिमा क्षेत्रमा १०८ एकडको शान्ति बगैचा बनाउने प्रस्ताव गरिएको छ । इमाजिन्डिया नामको संस्थाले आज एक वक्तब्य जारी गर्दै नेपाल र भारतबीचको विवादित १०८ एकड जमिन छुट्याएर शान्ति बगैचा बनाउनुपर्ने प्रस्ताव गरेको छ ।

दुबै देशले सिमाविवाद कुटनीतिक वार्तामार्फत समाधान चाहेको बताउँदै दुबै देशहरु एक उच्चस्तरको सहमति कायम गरेर नो म्यान्स ल्याण्ड पहिचान गर्न सक्ने उक्त संस्थाको भनाई छ । यो मित्रताको प्रतिक हुने र शान्ति तथा समझदारीको साझा मूल्य हुने उक्त संस्थाको विश्वास रहेको छ ।

वक्तब्यमा भनिएको छ – ‘नेपाल र भारतले दीर्घकालिन सद्भाव र सम्बन्धको न्यायोपनलाई बिगार्नसक्ने मतभेद बढ्न नदिन शीघ्र कदम चाल्नुपर्छ । दुइदेशबीचको सिमानामा बनाइने एउटा वा धेरै बगैचाले दुईदेशबीचको भिन्नताको रचनात्मक समाधान गर्नेछ भने नेपाल र भारतबीचको सम्बन्ध दीर्घकालसम्म सुमधुर बनाउनेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिन्दु र बौद्ध धर्ममा १०८ को विशेष महत्व भएकाले १०८ एकड जमिनमा बगैचा बनाउन प्रस्ताव गरिएको छ । कैलाश मानसरोवर जाने बाटोमा एकसय ८ एकड जमिनमा बगैचा बनाउँदा भगवानका लागि नेपाल र भारतका तर्फबाट संयुक्त रुपमा शान्ति र मानवीयताको प्रसाद हुने इमाजिन्डियाको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com