एम्बुलेन्सको र होटलको पैसा तिर्न छैन, कसरी घर जाने


प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार

प्युठान, गौमुखी गाउँपालिका वडा नं २ अर्खा निवासी ज्ञानबहादुर राना आफ्नो २८ दिनकी सुत्केरी श्रीमतीलाई लिएर जिल्ला अस्पताल प्युठान आउनुभएको छ । करीब एक महिनाकी सुत्केरी कामनाको स्वास्थ्यमा समस्या देखिएपछि अर्खाबाट जसोतसो गरेर एम्बुलेन्समा जिल्ला अस्पताल बिजुवार आइपुग्नुभएका उहाँलाई श्रीमतीको उपचार कसरी गर्ने भन्ने चिन्ता छ ।

प्युठान बाग्दुलामा ज्यामी काम गर्दै आउनुभएका रानाले कोभिड १९ का कारण मजदूरी गर्न पाउनुभएको छैन । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उहाँहरुलाई दैनिक छाक टार्नसमेत मुश्किल परिरहेको छ । त्यसमाथि सुत्केरी भएको महिना दिन नपुगेकी श्रीमती बिरामी पर्दा झनै पीडा थपिएको छ ।
जिल्ला अस्पताल बिजुवारका नर्सिङ इञ्चार्ज राधा केसीले अल्ट्रासाउण्ड गर्ने पैसा तिर्न नसकेर अहिले काम रोकिएको बताउनुभयो ।

अस्पतालमा यस्तो बिरामी धेरै आउने तर एक महिनाको सुत्केरीको उपचारका लागि रु चारपाँच सयसमेत नभएर तड्पिएको देख्दा असाध्यै मन खिन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“औषधिको पैसा नर्सिङ स्टाफ मिलेर तिर्ने सोचेका छाँैं ।” बिरामीको स्तनमा समस्या भएको र चिन्ताले मानसिक समस्यासमेत देखिएको नर्स केसीले बताउनुभयो ।

जिल्ला अस्पतालमा पाँच दिनदेखि भर्ना भई उपचार गराइरहेकी सुत्केरी कमलालाई राम्रो पोषणयुक्त खानेकुरा त परै जाओस् घरमा साँझबिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ । काखमा २८ दिनको छोरा च्यापेकी उहाँले आँखाभरि आँशु लिँदै भन्नुभयो, “एम्बुलेन्सको पैसा र होटलको पैसा तिर्न पाए जान हुन्थ्यो तर घर जाने भाडासमेत छैन, कसरी जाने ?”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका पति राना काम गर्ने ठाउँबाट मजदूरी गरेको पूरै ज्याला पनि नपाएको बताउनुहुन्छ । कोभिड – १९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ता उहाँहरुलाई बढी छ । प्रेमविवाह गर्नुभएका रानाले घरमा पारिवारिक सहयोग पाउनुभएको छैन । बन्दाबन्दीले काम गर्न नपाउँदा आफूलाई घरखर्च चलाउन निकै समस्या परेको उहाँले बताउनुभयो ।

कम उमेरमा विवाह गरी शिशु जन्माउनुभएका कामनाको उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डा सुनिल सुनारले जानकारी दिनुभयो । सुत्केरी अवस्थामा पनि घरपरिवारबाट कुनै सहयोग नपाएपछि माइती रोल्पा जाने व्यवस्था मिलाइदिन कामनाले आग्रहसमेत गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com