भिसा बुलेटिन : विभिन्न श्रेणीका ग्रिनकार्डबारे जान्नैपर्ने ४ कुरा, महामारीमा पनि आवेदन दिन पाइने


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

अहिले विश्वभर कोरोनाको महामारी छ, जसका कारण अमेरिकी सरकारको युएससीआईएसले व्यक्ति उपस्थीत हुनुपर्ने अन्तरवार्ता र अप्वाइन्टमेन्टहरु स्थगित गरेको छ । अमेरिकी सरकारले अमेरिकाबाहिरबाट जुन २३ सम्मका लागि आप्रवासी भिसा जारी गर्नमा पनि रोक लगाएको छ । तर आप्रवासन सुविधाका लागि आवेदन दिन भने रोक लगाएको छैन । आवेदकले अनलाइन वा हुलाकमार्फत यस्ता आवेदनहरु अहिले पनि दिन सक्छन् ।

यसैबीच जुन महिनाका लागि अमेरिकी सरकारले भिसा बुलेटिन जारी गरिसकेको छ । यो भिसा बुलेटिनमा जुनमा कसकसले ग्रिनकार्ड फाइल गर्न पाउने भन्ने विषयमा विस्तारमा उल्लेख गरिएको छ । खासगरी परिवारमा आधारित, रोजगारमा आधारित र डिभी लोटरीमा आधारित ग्रिनकार्ड र भिसाका सन्दर्भमा कतिसम्म प्राथमिकता मिति वा केस नम्बर हुनेहरुलाई जुनमा ग्रिनकार्ड वा भिसा प्रकृया अगाडि बढाइने भन्नेबारे जानकारी दिइएको छ ।

ग्रिनकार्डबाहकका दम्पत्ति तथा २१ बर्ष नपुगेका छोराछोरीहरुलाई जुनमा पनि मौका

अमेरिकामा विवाह गर्ने र अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर नपुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि जुन महिनामा पनि मौका आएको छ । जुन महिनामा दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० आवेदन दिन चाहनेहरुले एकसाथ आई ४८५ आवेदन समेत दिनसक्ने भएका छन् । जुन सुविधा अमेरिकी नागरिकलाईमात्र रहदै आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१ बर्षदेखि पाउँदै आएको यो सुविधा जुनमा पनि ग्रिनकार्डवाहकका लागि समेत जारी भएको छ ।

गत बर्षको जुलाईदेखि नै परिवारमा आधारित उक्त श्रेणीको ग्रिनकार्डका लागि आवेदन मिति सबैका लागि करेन्ट हुँदै आएको छ । अमेरिकामा नै विवाह गरेर आफ्ना दम्पत्तिका लागि ग्रिनकार्ड फाइल गर्न चाहने ग्रिनकार्डवाहकका लागि समेत यसलाई सुनौलो मौका भनिएको छ ।

आई १३० आवेदन युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेकाहरुले पनि अमेरिकामा नै रहेका दम्पत्ति र छोराछोरीका लागि आई ४८५ ग्रिनकार्ड आवेदन दिएर वर्क परमिट र एड्भान्स परोल समेत प्राप्त गर्न सक्छन् । साथै उनीहरुलाई भिसा जोगाइराख्ने झन्झट हुँदैन ।

तर अमेरिकाबाहिर दम्पत्ति र छोराछोरी हुनेहरुका सन्दर्भमा भने आवेदकले कुनै आवेदन फाइल गर्न जरुरत छैन । आई १३० स्वीकृत भएर आवेदन नेशनल भिसा सेन्टरमा गइसकेकाहरुले भने दूतावासमा छिटो अन्तरवार्ता प्राप्त गर्नसक्नेछन् ।

डिभी विजेता नेपालीको १३ हजार ५ सय सम्म केसनम्बर करेन्ट

भिसा बुलेटिन अनुशार जुन र जुलाई महिनाका लागि नेपाली डिभी विजेताहरुको केस नम्बर १३ हजार ५ सयसम्म तोकिएको छ ।

तर मार्चको तेश्रो सातादेखि भने नेपाली डिभी विजेताहरुले अमेरिकाको भिसा प्राप्त गर्न सकेका छैनन् । मार्चको तेश्रो सातादेखि काठमाडौंमा रहेको अमेरिकी दूतावासले अधिकांश भिसा जारी गर्न रोकेको छ ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको अन्तिम सातादेखि जुनको अन्तिम सातासम्मका लागि आप्रवासी भिसा जारी गर्नमा रोक लगाएका छन् । जसका कारण विश्वका अन्य कुनै देशका नागरिकका लागि पनि आप्रवासी भिसा जारी हुन सकेको छैन । ट्रम्पको आप्रवासन रोकको अवधि थप हुने नहुनेबारे जुनको १० तारिखपछिमात्र टुंगा लाग्नेछ ।

भिसा बुलेटिन अनुशार जुन र जुलाईका लागि नेपाली र इजिप्टका लागिमात्र सिमाबन्दी तोकिएको हो । जुन महिनाका लागि इजिप्टका लागि ४२ हजारसम्म केस नम्बर हुनेहरुको र नेपालका लागि १३ हजार ५ सयसम्म केस नम्बर हुनेहरुको भिसा करेन्ट बनाइपनि जुलाईका लागि समेत सोही नम्बर नै कायम गरिएको छ ।

यसपटक नोभेम्बर ५ सम्म डिभी लोटरी भरिरहेकाहरुले आगामी जुन ६ मा नजिता प्राप्त गर्नेछन् । उनीहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । यसबर्षदेखि डिभी लोटरी भर्नका लागि पासपोर्ट अनिवार्य गरिएको थियो ।

नागरिकका भन्दा ग्रिनकार्डवाहकका छोराछोरीको ग्रिनकार्ड छिटो

भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष उमेर पुगेका अविवाहित छोराछोरीको तुलनामा ग्रिनकार्डवाहकका नागरिकका भन्दा ग्रिनकार्डवाहकका छोराछोरीको ग्रिनकार्ड छिटो हुने भएको छ ।

जुन महिनाका लागि अमेरिकी नागरिकका २१ बर्ष उमेर पुगेका अविवाहित छोरछोरीको ग्रिनकार्डको अन्तिम एक्सन मिति २२ मे २०१४ रहेको छ । अर्थात् त्यो मितिभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले जुन महिनामा ग्रिनकार्ड पाउनेछन् ।

तर ग्रिनकार्डवाहकका २१ बर्ष उमेर पुगेका अविवाहित छोरछोरीको ग्रिनकार्डको अन्तिम एक्सन मिति १५ मार्च २०१५ रहेको छ । अर्थात् त्यो मितिभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मार्च महिनामा ग्रिनकार्ड पाउनेछन् । जुन नागरिकका छोराछोरीको तुलनामा झण्डै १० महिना छिटो रहेको छ ।

अमेरिकामा नै रहेका अमेरिकी नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुले जुनमा मा स्टाटस एडजस्ट गर्न चाहेको खण्डमा उनीहरुको प्राथमिकता मिति १५ फरबरी २०१५ भन्दा अगाडि हुनुपर्नेछ । उक्त मितिभन्दा अगाडि प्राथमिकता मिति भएका, अमेरिकामा नै रहेकाहरुले ग्रिनकार्डका लागि जुनमा आई ४८५ आवेदन दिनसक्नेछन् । तर आई ४८५ फाइल गर्ने मितिसम्म उनीहरुको अमेरिकामा गैरकानुनी उपस्थीति भएको हुनुहुँदैन ।

अमेरिकामा नै रहेका ग्रिनकार्डवाहकका नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुले जुनमा स्टाटस एड्जस्त गर्न चाहेको खण्डमा उनीहरुको प्राथमिकता मिति १ डिसेम्बर २०१५ भन्दा अगाडि हुनुपर्नेछ । उक्त मितिभन्दा अगाडि प्राथमिकता मिति भएका, अमेरिकामा नै रहेकाहरुले ग्रिनकार्डका लागि मार्चमा आई ४८५ आवेदन दिनसक्नेछन् । तर आई ४८५ फाइल गर्ने मितिसम्म उनीहरुको अमेरिकामा गैरकानुनी उपस्थीति भएको हुनुहुँदैन ।

यसरी हेर्दा अमेरिकामा रहेका अमेरिकी नागरिकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुको तुलनामा ग्रिनकार्डवाहकका २१ बर्ष पुगेका अविवाहित छोराछोरीहरुको आई ४८५ फाइल गर्ने मिति पनि झण्डै १० महिना छिटो रहेको छ ।

एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुनमा पनि करेन्ट

अमेरिकामा गत डिसेम्बरमा करेन्ट भएको  रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डको आवेदन  जनवरी, फरबरी, मार्च, अप्रिल र मे हुँदै जुनमा पनि करेन्ट भएको छ । अर्थात् एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन चाहने व्यक्तिले जुनमा पनि आई १४० सँगै ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ समेत एकसाथ फाइल गर्न पाउनेछन् ।

रोजगारमा आधारित अन्य श्रेणीको ग्रिनकार्डको आवेदन मिति पनि जुनमा करेन्ट रहेको छ । तर तेश्रो श्रेणीको ग्रिनकार्ड भने करेन्ट छैन । तेश्रोबाहेक अरु सबै श्रेणीका ग्रिनकार्डमा नेपालीहरुले आई १४० सहित ग्रिनकार्ड आवेदन फाइल गर्न पाउनेछन् ।

एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिएका र आवेदन पेन्डिङ अवस्थामा रहेकाहरुले पनि जुनमा ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ फाइल गरेर वर्क परमिट लिएर काम गर्न वा एड्भान्स परोल लिएर यात्रा गर्न पाउनेछन् ।

पहिलो श्रेणीमा एक्स्ट्रा अर्डिनरी क्षमता भएकाहरु, अतिदक्ष प्रोफेसर र रिसर्चरहरु, बहु राष्ट्रिय म्यानजर र कार्यकारीहरु पर्छन् । त्यसमध्ये एक्स्ट्राअर्डिनरी क्षमताको ग्रिनकार्डका लागि आवेदक आफैले वा वकिलको सहायतामा आवेदन दिन पाउँछन् भने अरुका लागि रोजगारदाता कम्पनीले आवेदन दिनुपर्छ । एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि रोजगारदाताको आवश्यकता हुँदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com