अमेरिकाको कनेक्टिकट राज्यमा बस्दै आएका गैरआवासीय नेपाली राजसेन ठकुरीको कोरोना संक्रमणका कारण बुधवार निधन भएको छ । ५६ बर्षिय ठकुरीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
ठकुरी केही सातादेखी अस्पतालमा उपचारत थिए । स्थानिय सामाजिक सस्था सोसाइटी अफ नेप्लिज इन अमेरिकाले दिएको जानकारी अनुसार नेपालमा पोखरा घर भएका ठकुरी १६ बर्षदेखी अमेरिकामा थिए ।
हाल सम्म अमेरिकामा कोरोना संक्रमणका कारण ठकुरी सहित १४ जनाको मृत्यु भईसकेको छ । भने सयौंको संख्यामा बिरामी परेको यहाँ कार्यरत संघ सस्थाका प्रतिनिधिहरुले बताउने गरेका छन् । अमेरिकामा रहेका स्थानिय सस्थाहरुले कोभिड १९ बाट संक्रमित भई बिरामी परेका तथा ज्यान गुमाउनेहरुको दाहसंस्कारमा समेत सहयोग गर्दै आएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।