६ महिनामा अमेरिका आउन नसकेका ग्रिनकार्डवाहकले बोक्नसक्ने ५ प्रकारका प्रमाण


प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार

यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ र १८० दिनभित्र अमेरिका प्रवेश गर्न सक्नुभएको छैन भने अमेरिकी सरकारले तपाईले स्थायी बासिन्दाको स्टाटस त्यागेको अनुमान लगाउन सक्छ । तर अहिले कोरोनाको महामारीका कारण तपाई अमेरिका फर्कन नसकेको अवस्था पनि हुनसक्छ ।

यदि तपाई ग्रिनकार्डवाहक हुनुहुन्छ तर अमेरिकाबाहिर बसेको १८० दिन नाघिसकेको छ भने तपाईको अमेरिका प्रवेशमा प्रश्नवाचक चिन्ह लाग्नसक्छ । अर्थात् तपाईले अमेरिका छिर्ने क्रममा कस्टम एण्ड बोर्डर प्रोटक्सनका अधिकारीहरुबाट प्रश्नको सामना गर्नुपर्ने हुनसक्छ । यो अवस्थामा तपाईलाई अमेरिकामा प्रवेशमा रोक समेत लाग्नसक्छ ।

तर नआत्तिनुहोस् । तपाईले केही प्रमाणहरु तपाईसँग बोकेको खण्डमा भने तपाईलाई कुनै समस्या नहुनसक्छ । तपाईले कोरोनाको महामारीका कारण तपाई १८० दिनभित्र अमेरिका आउन नसकेको प्रमाणका अतिरिक्त अन्य केही प्रमाणहरु पनि तयार पार्न सक्नुहुनेछ , जसले तपाईले अमेरिकामा स्थायी बासिन्दाको स्टाटस परित्याग नगरेको कुरा विश्वस्त पार्नेछ ।

यदि तपाईको अमेरिकामा घर छ वा अपार्टमेन्ट भाडामा लिनुभएको छ भने तपाईले त्यसको प्रमाण आफूसँग बोक्नुहोला । यदि तपाई घरमालिक हो भने वा अपार्टमेन्ट भाडामा लिनुभएको छ भने यो तपाईका लागि स्थायी बासिन्दाको स्टाटस नत्यागेको प्रमाण बन्नसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तपाईले अमेरिकामा आफ्नो आर्थिक सम्बन्ध निरन्तर रहेको पुष्टी गर्न बैंक एकाउन्ट, क्रेडिट कार्ड वा कुनै लगानी अद्यावधिक रहेको प्रमाण तपाईसँग बोक्न सक्नुहुनेछ । त्यस्तै घर, स्वास्थ्यविमा वा जीवनबिमाको प्रमाणपनि तपाईको स्टाटसको निरन्तरताको प्रमाण हुनसक्छ ।

त्यस्तै तपाईले अमेरिकाको आफ्नो ठेगानामा ट्याक्स फाइल गर्न सक्नुहुनेछ । यदि तपाईले अमेरिकाको ठेगानामा ट्याक्स फाइल गर्नुभएको छ भने उक्त प्रमाणका आधारमा तपाईलाई अमेरिका प्रवेशमा समस्या नहुनसक्छ । आईआरएसले ट्याक्स फाइलको म्याद जुलाई १५ सम्म लम्बाएको छ । तपाईले अमेरिकाबाहिरैबाट पनि ट्याक्स फाइल गर्न सक्नुहुनेछ । यदि तपाईले सन् २०१९ को ट्याक्स फाइल गर्नुभएको छैन भने तुरुन्त गर्नुहोला ।

यदि तपाईको अमेरिकामा गाडी छ भने र तपाईको उक्त गाडीको मालिक हो भने त्यसको प्रमाण अद्यावधिक ड्राइभर लाइसेन्स सहित राख्नुहोला । त्यस्तै यदि तपाईको नाममा घरको विद्युत, पानी वा इन्टरनेटको बिल छ भने पनि यो तपाईको आवासीय निरन्तरताको प्रमाण हुनसक्छ ।

यी मध्ये तपाईसँग उपलब्ध प्रमाणसहित एयरपोर्ट वा सिमामा आउने बेलामा सीबीपीबाट प्रश्नको सामना गर्न तयार हुनुहोला । तपाईले समयमै अमेरिका आउन नसक्नुको उचित कारण दिनसक्नुपर्नेछ ।

(यी सुझावहरु कानुन व्यवसायी फुलवानी नाचम्यानले दिएका हुन् । कुनै कानुनी विषयमा सल्लाह गर्नुपरेमा लाइसेन्सप्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्नुहोला ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com