कोरोना राहत : बच्चाका लागि ५ सय डलर दावी गर्ने म्याद २ दिन बाँकी


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकी सरकारले राहत रकम करदाताको खातामा पठाउन सुरु गरेको छ । तर सामाजिक सुरक्षा, अपांगता र भेट्रान भत्ता पाइरहेकाहरुका लागि १६ बर्षभन्दा कम उमेरका बच्चाका लागि ५ सय डलर दावी गर्ने म्याद २ दिनमात्र बाँकी छ ।

सामाजिक सुरक्षा, अपांगता र भेट्रान भत्ता पाइरहेकाहरुले आगामी बुधबारसम्म आफ्ना १६ बर्षभन्दा कम उमेरका बच्चाबारे आईआरएसलाई जानकारी नदिएमा उनीहरुले थप ५ सय डलर प्राप्त गर्नेछैनन् । आईआरएसले बुधबारसम्म उक्त जानकारी आईआरएसमा पठाउन सचेत गराएको छ ।

आफ्नो योग्य बच्चाको विवरण बुझाउन यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक सुरक्षा, अपांगता र भेट्रान भत्ता पाइरहेकाहरुले १२ सय डलर प्राप्त गर्नका लागि कुनै कदम चाल्न आवश्यक छैन । उनीहरुको खातामा स्वत रकम पठाइनेछ । तर उनीहरुका योग्य बच्चा भएनभएकोबारे आईआरएसलाई थाहा छैन । त्यसैले उनीहरुले योग्य बच्चाको विवरण बुझाउन जरुरी छ ।

सोमबार आईआरएसले वक्तब्य जारी गरेर अहिले योग्य बच्चाबारे जानकारी नदिनेहरुलाई सन् २०२० को ट्याक्स रिटर्न फायल गर्दा रकम उपलब्ध गराइने जनाएको छ । सामाजिक सुरक्षा, अपांगता र भेट्रान भत्ता पाइरहेकाहरुले अरु सुविधा जसरी पाइरहेका छन् यो राहत पनि उसरी नै पाउनेछन् । यो रकम अप्रिलको अन्तिमसाताबाट पठाउन सुरु गरिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com