फ्याक्ट चेक : न्युयोर्कमा गर्भवती नेपाली महिला कोरोनासँग लडिरहेको भनिएको फोटो सत्य हो ?


प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार

अमेरिकाको न्युयोर्कमा एकजना नेपाली गर्भवती महिला कोरोना भाइरसको संक्रमणसँग लड्दै गरेको भन्दै एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । एकजना निमेष पौडेल नाम गरेका व्यक्तिले ती महिला गर्भवती भएको र उनका लागि प्राथना गर्न आग्रह गर्दै तस्वीर सार्वजनिक गरेका छन् ।

खसोखासले उक्त तस्वीरको फ्याक्ट चेक गरेको छ । यो तस्वीर न्युयोर्ककी नेपाली महिलाको होइन । बरु यो तस्वीर कम्तीमा ५ बर्ष पुरानो तस्वीर हो । सन् २०१५ मा प्रकाशित समाचारहरुमा यो तस्वीर सिंगापुरको रहको र कवालजीत कौर नामकी ती महिला सिंगापुरमा काम गर्ने विदेशी घरेलु कामदार रहेको उल्लेख छ । यो तस्वीरसहितको समाचार त्यतीबेला पञ्जाब र सिंगापुरका केही अनलाइनले प्रकाशित गरेका थिए ।

यही तस्वीर प्रयोग गरेर सन् २०१५ मा प्रकाशित यो समाचार हेर्नुहोस् ।

सन् २०१५ मा यो तस्वीरसहित प्रकाशित अर्को समाचार ।

कवालजीत कौर मस्तिष्कको धमनीमा आएको समस्याका कारण अस्पतालमा भर्ना भएकी थिइन् । त्यतीबेला यो तस्वीर पोष्ट गरेर फेसबुक पेज र क्राउड फण्डबाट रकम संकलन गरिएको थियो । तर त्यतीबेला पनि यो तस्वीर कौरकै भएनभएको स्पष्ट छैन । यद्यपी कवालजीत कौर नामकी महिला सिंपागुरको अस्पतालमा भर्ना भएको भने याहु सिंगापुरले पुष्टी गरेको थियो ।

कौरलाई सन् २०१५ मा भेन्टिलेटरमा राखिएको थियो । उनलाई सिंगापुरको चांगी अस्पतालमा भर्ना गरिएको थियो । न्युयोर्कमा नेपाली महिला कोरोना संक्रमण भएको र गर्भवती भएको भन्दै सामाजिक सञ्जालमा शेयर गरिएको यो पोष्ट भ्रामक र शतप्रतिशत गलत रहेको छ ।

निमेष पौडेल नामका व्यक्तिको फेसबुक पेजमा गरिएको भ्रमपूर्ण पोष्ट यहाँ हेर्न सक्नुहुनेछ ।

 

निमेष पौडेल भन्ने व्यक्तिले पोष्ट गरेको यो तस्वीर झण्डै ८ सयपटक शेयर भइसकेको छ भने ६ हजार बढीले कमेन्ट गरेका छन् ।

खसोखासले गरेका अरु फ्याक्ट चेकहरु यहाँ हेर्नसक्नुहुनेछ ।

खसोखासले गरेका फ्याक्ट चेक गुगल न्युजमा हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com