न्युयोर्क सिटीले कागजपत्रविहिन परिवारलाई समेत एकएकहजार डलर दिने


प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार

न्युयोर्क सिटीमा कागजपत्रविहिनलाई समेत राहत दिन मेयर बिल ब्लाजिओले २० मिलियन डलरको कोष घोषणा गरेका छन् । ओपन सोसाइटी फाउण्डेशनसँगको सहकार्यमा जुनसुकै अध्यागमन स्टाटस भएकाहरु २० हजार आप्रवासी कामदारहरुलाई सहयोग उपलब्ध गराउन यो कोषको घोषणा गरिएको हो ।

आप्रवासीहरु न्युयोर्क सिटीका मुटु भएको र उनीहरु आफ्ना साथी र छिमेकीहरु रहेको मेयर ब्लाजिओले बताएका छन् । उनले जुनसुकै अध्यागमन स्टाटस भएकाहरुलाई समेत सहयोगका लागि साथ दिएकोमा ओपन सोसाइटी फाउण्डेशनलाई धन्यवाद दिएका छन् ।

न्युयोर्क सिटी कोभिड १९ को इपीसेन्टर रहेको र सिंगै देशका अन्य ठाउको तुलनामा सबैभन्दा धेरै संक्रमित भएको बताउँदै ओपन सिटी फाउण्डेशनका अध्यक्ष पेट्रिक ग्यासपार्डले आप्रवासीका सहयोगका लागि न्युयोर्क सिटीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । न्युयोर्क सिटीको मेयर कार्यालयको अध्यागमन अफेयर्सले समुदायमा आधारित संस्थाको नेटवर्क तयार गरेर कागजपत्रविहिन लगायतका आप्रवासी परिवारलाई एकमुष्ठ राहत दिन प्रकृया सुरु गर्ने भएको छ ।

सुरुमा काम गुमाएका र आर्थिक रुपमा समस्याग्रस्त २० हजार जनालाई यस्तो राहत प्रदान गरिनेछ । जसअन्तरगत एकलले ४ सय डलर, दम्पत्तिले ८ सय डलर र परिवारले एकहजार डलर प्राप्त गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीमामात्र ३ लाख ६० हजार कागजपत्रविहिन कामदारहरु रहेका छन् भने ४८ हजार कागजपत्रविहिन विजनेश संचालकहरु रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com