१२ सय डलर राहत अर्कोसातादेखि, ट्याक्स फाइल नगरेकाहरुका लागि नयाँ टुल


प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार

अमेरिकी सरकारले कोरोना भाइरसको महामारीका कारण दिने १२ सय डलरको राहत रकम ट्याक्स फाइल नगरेकाहरुलाई समेत दिलाउनका लागि आईआरएसले नयाँ टुलको व्यवस्था गरेको छ । यो टुलको प्रयोग गरेर ट्याक्स फाइल गर्नु नपर्नेहरुले आफ्नो विवरण बुझाएर १२ सय डलरको राहत प्राप्त गर्न सक्ने भएका छन् ।

आईआरएस र फ्रि फाइल एलायन्सबीचको सहकार्यमा नयाँ टुलको विकाश गरिएको हो । यो टुल ट्याक्स फाइल गर्न नपर्ने व्यक्तिका लागि डिजाइन गरिएको हो, जसमा कम आम्दानी भएका कारण ट्याक्स फाइल नगरेकाहरुसमेत पर्छन् ।

आईआरएसका कमिश्नर चक रेटिजले ट्याक्स रिर्टन फाइल गर्न बाध्यकारी नभएकाहरुले उक्त टुलको प्रयोग गरेर आफ्नो आधारभूत जानकारी उपलब्ध गराउन सुझाव दिएका छन् । त्यसो भएमा सकभर छिटो उनीहरुलाई १२ सय डलरको चेक पठाउन सहज हुने उनको भनाई छ ।

यदि तपाईले ट्याक्स फाइल गर्नुनपर्ने कारणले विगतमा ट्याक्स फाइल गर्नुभएको थिएन भने यो टुलको प्रयोग गरेर आफ्नो विवरण आईआरएसमा उपलब्ध गराउनुहोला ।

आईआरएसले सबै करदाताहरुलाई उक्त राहत रकम आगामी सातादेखि खातामा पठाउन सुरु गर्ने स्पष्ट पारेको छ । सन् २०१८ र सन् २०१९ मा ट्याक्स फायल गरेका करदाताहरुले अटोमेटिक रुपमा उक्त राहत रकम प्राप्त गर्नेछन् । सोसल सेक्युरिटी रिटायर्डमेन्ट, सर्भाइभर वा अपांगता भत्ता र रेडरोड रिटायर्डमेन्ट लिइरहेकाहरुले पनि राहत रकम अटोमेटिक रुपमा पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्याक्स फाइल गर्नु नपर्नेहरुले यो टुलको माध्यमबाट आफ्नो विवरण निकै सहज तरिकाले एकमिनेटमा उपलब्ध गराउन सक्छन् । सोसल सेक्युरिटी नम्बर, नाम, ठेगाना र डिपेन्डेन्टको विवरण उपलब्ध गराइसकेपछि आईआरएसले योग्यता परीक्षणका लागि उक्त विवरणका प्रयोग गर्नेछ । बैंकको विवरण उपलब्ध गराएको खण्डमा आईआरएसले सिधै बैंकमा रकम पठाउनेछ । अन्यथा ठेगानामा चेक हुलाकमार्फत पठाउनेछ ।

यो टुल सन् २०१८ र २०१९ मा ट्याक्स फाइल नगरेका र सोसल सेक्युरिटी रिटायर्डमेन्ट, सर्भाइभर वा अपांगता भत्ता र रेडरोड रिटायर्डमेन्ट नलिएकाहरुका लागि डिजाइन गरिएको हो । १२ हजार २ सय भन्दा कम आम्दानी भएको एकल र २४ हजार ४ सय भन्दा कम आम्दानी भएका दम्पत्तिले अनिवार्य नभएका कारण ट्याक्स फाइल गरेका छैनन् भने उनीहरुले यो टुलको प्रयोग गर्नसक्नेछन् ।

आगामी हप्तादेखि अटोमेटिक रुपमा १२ सय डलरको राहत रकम पठाउन सुरु गरिने र सिधा बैंक खातामा डिपोजिटका लागि आईआरएसले अर्को नयाँ टुलको व्यवस्था गर्न लागेको छ । पेमेन्टको स्टाटस चेक गर्नका लागि आगामी अप्रिल १७ देखि उपलब्ध हुनेगरी नयाँ टुल बनाउन लागिएको हो । ‘गेट माई पेमेन्ट’ मा क्लिक गरेपछि पेमेन्टको स्टाटस, राहतको रकम प्राप्त हुने मिति, सिधै बैंकमा पठाइएको हो वा हुलाकमा त्यसको विवरण हेर्न सकिनेछ ।

यो टुलबाट योग्य व्यक्तिले सिधा बैंकमा रकम प्राप्त गर्नका लागि बैंक एकाउन्ट उपलब्ध गराउन सक्ने विकल्प समेत प्रदान गरिनेछ । रकम पठाइसकिएका व्यक्तिका हकमा यो विकल्प उपलब्ध हुनेछैन तर रकम पठाउन बाँकीहरुका सन्दर्भमा यो विकल्पको प्रयोग गरेर बैंकखाता दिन सकिनेछ । बैंक खाता दिएको खण्डमा कागजी चेकको तुलनामा छिटो रकम प्राप्त गर्नसकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com