देउवाबाट न्युयोर्कमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली, नेपाली समुदाय र परिवारमा समवेदना


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले न्युयोर्कमा नेपालीहरुको असामयिक निधन भएकोमा दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारहरुमा समवेदना व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टमार्फत उहाँले समवेदना पठाउनुभएको हो ।

बिष्टले भन्नुभयो – ‘आज बिहान मलाई फोन गरेर सभापति देउवाले एकै दिन यसरी नेपाली दाजुभाईको निधनको खबरले आफु स्तब्ध भएको भन्दै दिवंगत व्यक्तिहरुप्रति श्रद्धान्जली अर्पण गनुएभएको छ । सभापति देउवाले शोक सन्तप्त परिवारजन र सम्पूर्ण नेपाली समुदायप्रति समवेदना समेत व्यक्त गर्नु भएको छ ।’

देउवाले जनसम्पर्क समिति अमेरिका मार्फत यस शोक र दुखको घडीमा सबैलाई धैर्य गर्न आग्रह गर्नुभएको छ । देउवाले बिष्टमार्फत भन्नुभएको छ – ‘विश्वभर फैलिएको महामारीबाट बँच्न,आफु र आफ्नो परिवार सुरक्षित राख्न आवश्यक पूर्व सतर्कता र सचेतता अपनाउदै यो बेला घरभित्रै बस्नुको विकल्प छैन । यस्तो अवस्थामा पनि त्यहाँ नेपालीहरुले एक अर्कालाई सहयोग गर्न मानवीय रुपमा जसरी काम गरिरहनु भएको छ,ती सबै दाजुभाई तथा दिदीबहिनीप्रति म उच्च सम्मान व्यक्त गर्दछु ।’

‘तर मेरो आग्रह छ,यो बेला सबैभन्दा पहिले आफू सतर्क र सुरक्षित हुनुपर्छ । म जनसम्पर्क समिति मार्फत अमेरिकाका सम्पूर्ण नेपालीहरुलाई यो विकराल महामारीका बेला उच्च मनोबल कायम गर्दै आवश्यक सतर्कता अपनाएर सुरक्षित रहन अनुरोध गर्दछु’ – सभापति देउवाले आफ्नो संदेश सबै नेपालीहरुमाझ पुराउन आग्रह गर्दै भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनसम्पर्क समिति अमेरिकामा सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट ।

पार्टी सभापति देउवाले अमेरिकामा रहेका नेपालीहरुको अहिलेको स्थितिप्रति देखाउनु भएको गम्भीर चासो,चिन्ता र सदभावका लागि बिष्टले सबै नेपाली समुदायको तर्फबाट आभार व्यक्त गर्नुभएको छ । बिष्टले भन्नुभएको छ – ‘संकट र महामारीको यो बेला हामी सबै उच्च मनोबलका साथ परिस्थितिको सामना गर्न सक्षम हुनुपर्छ । आत्मबल बलियो बनाउदैं तपाईं,हामी सुरक्षित रहुन घरभित्रै बसौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com