फ्याक्ट चेक : जोन हप्कीन्स युनिभर्सिटीको हवाला दिदै भाइरल बुँदाको श्रोत गलत उल्लेख


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

कोरोना भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु हो बाट सुरु हुने एउटा सन्देश सामाजिक सञ्जाल र मिडियाहरुमा एकदमै भाइरल भयो । विगत केही सातामा विश्वब्यापी रुपमा फैलिएको उक्त सुचनामा झण्डै २ दर्जन बुलेट प्वाइन्टहरु समावेश गरिएको थियो ।

तर उक्त बुंदागत रिपोर्टलाई अनलाइन फ्याक्ट चेक श्रोत स्नुपले जोन हप्कीन्स युनिभर्सिटीको शोध नभएको बताएको छ भने जोन हप्कीन्स युनिभर्सिटीले यसलाई आफ्नो शोध नभएको उल्लेख गर्दै कम विश्वसनीय भएको बताएको छ ।

जोन हप्कीन्स युनिभर्सिटीको गजबको सारांश भन्दै प्रकाशित उक्त सामाग्रीलाई नेपालीम अनुवाद गरेर नेपालका विभिन्न संचारमाध्यमहरुले समेत प्रकाशित गरेका थिए भने अँग्रेजी भाषामा पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर फ्याक्ट चेक गर्दा उक्त सामाग्री जोन हप्कीन्स युनिभर्सिटीको नभएको पुष्टी भएको छ ।

फ्याक्ट चेक गर्ने वेवसाइट स्नुप्सले त्यसलाई गलतरुपमा श्रोत उल्लेख गरिएको बताएको छ । जोन हप्कीन्स युनिभर्सिटीका प्रवक्ताले यो सामाग्री आफूहरुको नभएको बताएका छन् भने युनिभर्सिटीको आधिकारिक वेवसाइटमार्फत नै स्पष्ट पारिएको छ ।

बुद्ध एयरको वेवसाइटमा प्रकाशित उक्त समाचार यस्तो छ ।

कोरोना भाइरसबारे आधिकारिक जानकारीका लागि जोन हप्कीन्स युनिभर्सिटीकै वेवसाइटमा जान सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com