४ सय ३५ स्थानबाट सबै न्युयोर्कबासीका लागि निशुल्क खाना बाँड्न सुरु


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

न्युयोर्क सिटीका ४ सय ३५ स्थानबाट हिजोदेखि निशुल्क खाना बाँड्न सुरु गरिएको छ । यो सुविधा हिजोदेखि सबै न्युयोर्कबासीका लागि उपलब्ध गराइएको छ । हरेक बालबालिकाहरु र बयस्कहरुले एकदिनका लागि तीनप्रहर खाना निशुल्क प्राप्त गर्नसक्ने भएका छन् ।

खाना लिन गएका कसैलाई पनि विनाखाना फिर्ता नपठाइने जनाइएको छ । ५ वटै बोरोमा विहान साढे ७ बजेदेखि साढे ११ बजेसम्म बालबालिका र परिवारका लागि खाना बाँडिनेछ भने विहान साढे ११ बजेदेखि साढे १ बजेसम्म बयस्कहरुलाई खाना बाडिने भएको छ ।

एकपटकमा दिनको तीनपटककै खाना पिकअप गर्न सकिनेछ भने हलाल र भेजिटेरियन विकल्प समेत उपलब्ध रहेको छ । खाना बाँड्नेस्थलमा खानाखाने ठाउँ नभएकाले स्थलबाहिर वा घरमा ल्याएर खानुपर्नेछ । बुबाआमा र अभिभावकले बालबालिकाहरुका लागि खाना पिकअप गर्न सक्नेछन् । खानाका लागि कतै दर्ता गर्नुपर्ने छैन भने आईडी पनि आवश्यक पर्नेछैन ।

खाना बाड्ने आफूलाई पायक पर्ने स्थल छनौटका लागि यहाँ क्लिक गर्नुहोस् । वा ८७७ – ८७७ मा FOOD वा COMIDA टेक्स्ट गर्न सक्नुहुनेछ ।

ब्रेकफास्ट मेनु हेर्न यहाँ क्लिक गर्नुहोस् । लन्च मेनु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com