दुई छोरी र श्रीमती सहित पोर्चुगल बस्दै आएका नेपाली युवाको निधन


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

– हरिकृष्ण पन्थी

पोर्चुगलमा एकजना नेपालीको निधन भएको छ । पोर्तुगलको कास्काइसमा बस्दै आएका चितवनका ४१ बर्षका प्रकाश गुरुङको विहीबार मृत्यु भएको हो ।

पोर्चुगलमा व्यवसाय गर्दै आएका गुरुङलाई ब्रेन ट्युमरको समस्या थियो । उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी सपरिवार पोर्चुगलमा बस्दै आएका थिए ।

८ बर्ष अगाडि पोर्चुगल आएका उनका ५ र १० वर्षीया दुई छोरी र श्रीमती हालसालै पोर्चुगल आएका थिए ।उनको अन्तिम संस्कारको लागि प्रकृया अगाडि बढाइएको छ । सक्दो छिटो अन्तिम दाह संस्कार गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबारसम्म दाहसंस्कार गर्ने एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरैले बताएका छन् । अन्तिमसंस्कारका लागि अपनाउनुपर्ने प्रकृयाका लागि आफूहरुले जुटिरहेको उनले जानकारी दिए ।

पोर्तुगलमा सन २०१० यता ३३ नेपालीले ज्यान गुमाइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com