कोरोनाको महामारीका कारण फर्कने नसकेकालाई भिसा थपमा विशेष विचार र तीब्र प्रकृया


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

अमेरिकामा भिजिटिर लगायतका विभिन्न भिसामा आएर कोरोनाको महामारीका कारण समयमै फर्कन नसकेकालाई युएससीआईएसले भिसा थपमा विशेष विचार र तीब्र प्रकृया अपनाउन सक्ने जनाएको छ । युएससीआईएसकी प्रवक्ता शारोन ई साइडहावरले खसोखासलाई जानकारी दिदै भनिन् – ‘हामी केसका आधारमा आवश्यक पर्ने व्यक्तिका लागि विशेष विचार र शीघ्र प्रकृया अपनाउनेछौं ।’

भिसावाहकहरु नियन्त्रणबाहिरको अवस्थाबाट प्रभावित हुँदा युएससीआईएसले अनुरोधकलाई विशेष सहयोग प्रदान गर्नसक्ने उनले बताएकी छिन् । अमेरिकामा गैरआप्रवासी बसाई लम्बाउन चाहनेहरुलाई उनीहरुको परिस्थीतिका आधारमा युएससीआईएसले बसाईको अवधि थप गर्ने उनको भनाई छ ।

अमेरिकामा भिसा सकिएपछि पनि कोरोना भाइरसको महामारीका कारण भिसा थप्नका लागि तत्काल आवेदन दिन सक्ने अवस्था नभएको खण्डमा समेत युएससीआईएसले आवेदनका लागि भएको ढिलाईलाई समेत माफी दिने जनाएको छ । भिजिटर लगायतको भिसा थप्नका लागि अनलाइनमार्फत नै आवेदन दिनसकिन्छ । यदि भिसा थपको शुल्क तिर्न नसक्ने अवस्था भएमा भिसा शुल्क मिनाहाका लागि थप फर्म भर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवेदनबारे शीघ्र फैसला चाहनेले अनलाइनमार्फत आवेदन भरिसकेपछि प्राप्त रिसिप्ट नम्बर लिएर युएससीआईएसमा सम्पर्क गर्नुपर्नेछ । युएससीआईएसको फोन नम्बर ८०० ३७५ ५२८३ मा सम्पर्क गरेर तपाईले कोरोनाको महामारीका कारण आफू फर्कन नसक्ने अवस्था आएको र स्वदेशमा फर्कनका लागि उडानहरु नरहेकोबारे युएससीआईएसलाई जानकारी दिनुपर्नेछ । त्यसपछि तपाईको आवेदनबारे युएससीआईएसले शीघ्र निर्णय दिनेछ ।

कोरोनाको महामारीका कारण कागजी फाइल गर्न झन्झट हुने भएकाले अनलाइनमार्फत आवेदन दिन प्रोत्साहन गरिएको छ ।

भिजिटर भिसा थपका लागि फाइल गर्न यहाँ क्लिक गर्नुहोला ।

तर भिसा सकिएर वा पढाई सकिएर फर्कन लागेका विद्यार्थीहरुका सन्दर्भमा भने इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम अन्तरगत काम हुने भएकाले युएससीआईएसले यसबारे नहेर्ने जनाएको छ । यसबारेमा खसोखासले आइसका प्रवक्तासँग कुराकानी गरिरहेको छ । थप जानकारी प्राप्त हुनासाथ अपडेट गराइनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com