नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिका आउन मद्दत गरिने, भर्नुहोस् यो फर्म


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिका आउन मद्दत गरिने भएको छ । अमेरिकी दूतावास काठमाडौंले नेपालमा रहेका अमेरिकी नागरिकलाई त्यहाँबाट प्रस्थान गर्नका लागि सहयोग गर्न नेपाल सरकारलाई समेत औपाचारिक आग्रह गरेको छ ।

स्वीकृति प्राप्त भइसकेपछि काठमाडौंबाट अमेरिका आउने उडानबारे अमेरिकी दूतावास काठमाडौंले उडानका विकल्पहरु खोज्ने बताएको छ । अहिलेसम्म कहिलेसम्म काठमाडौंबाट अमेरिका जानसकिने भन्नेबारे कुनै जानकारी नरहेको र प्राप्त हुनासाथ जानकारी गराइने दूतावासले जनाएको छ ।

नेपालबाट अमेरिका आउन चाहने सबै अमेरिकी नागरिकलाई दूतावासले फर्म भर्न आब्हान गरेको छ । र, अहिलेका लागि घरभित्रै बस्न समेत आग्रह गरेको छ ।

फर्म भर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

यो फर्ममा नाम, जन्ममिति, लिंग, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, स्थान लगायतका विवरणहरु भर्नुपर्छ । अमेरिका प्रस्थान गर्न चाहने हरेकलाई छुट्टा छुट्टै फर्म भर्न आग्रह गरिएको छ । सम्भावित उडानको शुल्कबारे अझै निर्धारण नभएको दूतावासले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com