नेपालमा युट्युब आतंक


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

– निर्मल घिमिरे, जापान 
सुचना प्रबिधीको बिकाशले सन्सार ‘एकै छानो मुनीको घर’ जस्तै भएको बर्तमान दुनिया अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टुमा चिट्ठी पत्र बाधिदिएर “लैजा चरी हावा सरी” भनेर आसे भरोसे अवस्थामा पक्कै बस्नु परेको छैन ।
श्रीमती गर्भवती भएको खबर सहितको चिट्ठी ससुराली पठाएको ज्वाइले छोरी जन्मेर कक्षा ३ मा पढ्दा मावली घर जादा त्यो पत्र त्यही दिन पुगेको जस्तो हुलाकको बिलम्ब सेवा पनि अबको पुस्तालाई केवल एकादेशको कथा जस्तै लागिसकेको छ । हिजो जसरी सुचना गुमराहमा बस्नु पर्ने अवस्थामा छैनौ हामी आजका दिनमा ।
२००७ साल मा मुलुकमा प्रजातन्त्र आएको कुरा हुम्लाका जनता ले २००८ सालको अन्त्य तिर सुनेका थिए रे ! प्रबेशिका परिक्षाको नतिजा हेर्न हिजो केवल एक मात्र सरकारी समाचार पत्र थियो, नतिजा आएको एक साता भन्दा पछी सदरमुकाम  पुगेर गएर पत्रीका ल्याए पछी मात्र जानकारी पाइन्थ्यो ।
धेरै पनि भएकै छैन , केहि बर्स कै अन्तरालमा सन्चार जगतले हाम्रो देश मा यत्ती छिटो पाइला चालिरहेको छ कि, यसले अन्य धेरै पुर्वाधारका सुचकाङ्कलाई समेत पछी पार्दै आफुलाई अब्बल साबित गरेको छ ।  हाम्रो जस्तो बिकासोन्मुख मुलुकमा त यसले यत्ती चाडो आफ्नो प्रभाव बिस्तार गरेको छ भने झन बिकशित मुलुकहरुमा सुचना प्रबिधीको बिकाश कसरी भइरहेको होला हामी सहजै अनुमान लगाउन सक्छौ । आज यहाँ प्रस्तुत गर्न लागिएको बिसय भनेको युट्युब मिडिया अनि यसले समाजमा फैलाईरहेको बिकृतीसँग समबन्धित छ ।
हाम्रो मुलुकमा युट्युब मिडियाहरुले पस्कने अतिरन्जना सहितको बेतुके खबरले जग हसाइ भइरहेको छ । के भन्दा चाही धेरै भन्दा धेरैले त्यो हेर्छन अनि आफ्नो भ्युज र सब्स्क्राइब बढ्छ , त्यस्तै त्यस्तै ‘पाङ न पुच्छर’ का शिर्शक राखेर अतिरन्जना सहित खबर सम्प्रेशण गरिरहदा बिपदको बेलामा जनताहरु थप अन्यौलमा हुने र झन डर चिन्ता थपिने गर्दछ । यस्ता भ्रामक खबरले जनमानसमा पार्ने प्रभाव आकलन नै नगरी इलजिकल कुरालाई बढाइ चढाइ गर्ने प्रबृतीले त्यसै त चिन्ता र डरको अवस्थामा बसेका सर्बसाधारण हरुमा थप चिन्ता बढाउने काम यिनै कुपात्रहरुले गरिरहेका छन ।
यसो बाहिर तिरका बिदेशी मिडियाहरु हेर्यो, जहाँ कत्ती चाखलाग्दा समाचारहरु आइरहेका हुन्छन , बिश्वका मिडियाहरुले “आज नासाका बैज्ञानिकहरुले यो पत्ता लगाए , बिश्व बजारमा आज यती अङ्कले कारोबार भयो, इरान र उत्तर कोरिया ले संयुक्त रुप मा सैन्य अभ्यास गर्ने घोषणा, एप्पल कम्पनीले माइक्रोसफ्ट सँग मिलेर यत्ती रकम समाज सेवाका लागी बिनियोजन’ लगायतका खबर पस्किरहेको बेला तर हाम्रा कतिपय अनलाइन चाँही  “एसबाट नाम आउनेले मिठो खाना पकाउछन् रे,  सुपा देउराली मन्दिर: जहाँ लाईक गर्दिना साथ नसोचेको कुरा पुरा हुने गर्छ’ जस्ता शीर्षक हालेर समाचार बनाइरहेका हुन्छन् ।
तेह्रथुमको सामुहिक हत्या प्रकरणमा मुलधारका मिडिया भन्दा अगाडी तिनै कुपात्रहरु पुगेछन र त्यहाँको बातावरण लाईभ दिदै एक सत्यले सो दुर्घटनामा बाच्न सफल सानी बच्चीलाई सोधेको प्रश्न देख्दा जो कोहीले पनि भाटो निकालेर बजाउन मन लाग्ने थियो ।
‘सबै भन्दा पहिला कसलाई काट्यो ? अनि रगत कती जती आयो , तिम्रो मनमा त्यो देख्दा कस्तो फील भयो ? तिमी अहिले त्यो मान्छेलाई भेट्यौ भने के गर्छौ ? ” जस्ता एकदमै सम्बेदनाहिन प्रश्न सोधेको हुँदा त्यस्तालाई खबर सम्प्रेशण गर्ने अधिकार कसले दियो ?
विषय केही नपाएपछि  कहिले जोगी, कहिले भोगी , कहिले ढोङ्गी , कहिले रोगीलाई  स्थान दिएर आफ्नो गुजारा चलाउने परिपाटी । खबरको हेडिङ देख्दा पनि झर्को लागेर आउने हुन्छन । उदाहरणका लागी  :  ‘सासु बुहारीको झगडा: हेर्नुहोस बुहारीको एक मुठी कपाल भुत्याएर सासुले भनिन्: अझै रिस मरेको छैन्’
यस्ता भ्रामक र दुख दिने खालका खबर प्रकाशन गर्नेलाई भरपर्दो कानुनी कारबाही गर्न सकिएन भने यि तोरीलाहुरे हरुको मनोबल झन बढेर जान्छ र कालन्तरमा यिनिहरुले आफु हिट कसरी हुन सकिन्छ्, केवल त्यो मात्र गरेर जनमानसमा झन अन्यौलता छर्छन ।
यि युट्युबहरुलाई समाचार प्रकाशन प्रसारण गर्न अनुमती कसले दियो ? यदी बिना अनुमती उनिहरुले जथाभावी बेलगाम बर्बाराउदै हिड्छन भने त्यो गैर्हकानुनी काम भइरहदा राज्य ले किन कठालो समाएर तह लगाउन नसकेको होला ? केहि पहिला मात्र नेपाल सरकारले जारी गर्न लागेको मिडिया बिध्ययकले यि र यस्ता मिडिया पोर्टलहरुलाई नियमन गर्ने कुरा उल्लेख भएको थियो जुन सन्सदबाट पारित हुनु अगाडी मुलधारका मिडिया अनि राम्रा पत्रकारहरु समेतले बिरोध जनाएको कारण स्थगन भएको छ । जहाँ सबै कुरा राम्रा नभएको भए पनि यस्ता युटुब्बे हरुलाई तह लगाउने खालका केहि धारा अत्यन्तै सर्हानिय थियो तर अपसोच त्यो पास हुन पाएन ।
यस आलेख को मुल मर्म त्यी राम्रा, खोज मुलक अनि यथार्थ परक खबर अनि मनोरन्जनात्मक सामाग्री हरु प्रसारण गर्ने यु ट्युब कार हरु लाई निरुत्साहन गर्न खोजेको चाही पक्कै होइन । यो केवल उनीहरुलाई शाब्दिक झापड हान्न खोजिएको हो जसमा जनमानस को कर्तब्यबोध एक रत्ती पनि छैन ।
अन्त्यमा मेरो सरकार सँग एक मात्र अनुरोध यो छ कि , यु ट्युब को काम केवल सिमा भित्र बसेर मनोरन्जनात्मक समाग्री हरु पस्कने हो । यिनी हरु ले पत्रकारिता गर्ने होईन अनि सामाजिक सन्जाल ले पनि आफ्नो परिधी नाग्नु भएन ।  यस्ता भ्रामक खबर सम्प्रेशण गर्ने च्यानल हरु को प्रकाशन तुरन्तै बन्द गरिदिनु पर्दछ र त्यस्ता खबर दिने एड्मिन हरु लाई कारबाही को दा यरा मा ल्याउन कानुन द्रुत मार्ग बाट बनाएर भए पनि यस्ता गलत काम लाई निरुत्साहित गरिहल्नु पर्छ अन्यथा यस्ता युट्युब्बे हरु ले समाज मा झन आतङ्क सिर्जना गर्द छन भने बिपतका समयमा झन पिडा माथी पिडा थपिदिने काम गरिरहेका छन ।
न त कुनै दर्ता, न कुनै कार्यालय न कुनै आबद्दता न त कुनै हिजाजत न त कुनै सेन्सरसिपको पालना, न कुनै सामाजिक दायित्व । भ्युज कै आधारमा बिज्ञापन सङ्कलन गरी पैसा असुल्ने हसुरी प्रबृती । दुखी भोका नाङ्गाहरुको सम्बेदनसिल भिडियो समेत बनाइ उनीहरुको दयनिय अवस्थालाई झन कारुणिक बनाएर शुभ चिन्तकहरु बिशेस गरी परदेशिएकाहरु बाट रकम असुली  गरी लाख उठाइएको छ भने केहि केजी चामल र केहि जोर कपडा किनिदिएर त्यस्ता राहतलाई अनेक अनेक फुल बुट्टा भरेर भिडियो बनाएर भ्युज / सब्स्क्राइब बटुल्ने “कुपात्रहरु” ले गर्दा आज धेरै राम्रा राम्रा काम गर्न चाहने पत्रकारहरु र असल नियतका युट्युब सन्चालकहरुले समेत बदनामी हुनु परेको छ ।
साधन आफैमा कहिल्यै समस्या होइन यो त साध्य गर्ने पात्र ले हो यसलाई बिगार्ने । फेसबूक्, युट्युब्, भाइबर लगायतका सन्जालहरुले प्राय सबै मुलुक हरुमा आफ्ना आफ्ना प्रतीनिधीहरु नियुक्त गरेका हुन्छन जसले सो मा हुने अमरयादित पोस्टहरुलाई सेन्सर गर्ने काम त पक्कै गर्दछ तर कुतर्क हरु अनि सम्बेदनाहिन कुराहरुलाई यसले अटो सेन्सर गर्न सक्दैन तसर्थ यस्ता काम नलाग्ने खालका जथाभावी पोस्ट्याइ गर्नेहरु लाई नियमन गर्न यो सँग सम्बन्धी कानुन बनाएर ब्यबस्थित गर्न ढिलो भइ नै सकेको छ । सबै तालुकदार निकायलाई बेलैमा चेतना भया ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com