कोरोना भाइरसको संक्रमण देखियो वा शंका लाग्यो, तर स्थीति सामान्य नै छ, के गर्ने ?


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

कोरोना भाइरसको रोकथामका लागि अहिलेसम्म कुनै औषधी पत्ता लागेको छैन । तर कोरोना भाइरसको संक्रमण भएमा स्वासप्रश्वास प्रणालीमा असर पर्ने भएकाले स्वास फेर्नका लागि सहज हुने उपायहरु अपनाउनुपर्छ । ८० प्रतिशत बिरामीहरु कुनै विशेष उपचारविना नै निको हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर बुढाबुढी, पहिले नै स्वास्थ्य समस्या भएकाहरुलाई कोरोना संक्रमणबाट स्थीति गम्भिर हुने र मृत्यु समेत हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणका सामान्य लक्षण देखिएको खण्डमा घरमै बस्न सुझाव दिएको छ । सामान्य लक्षण देखिएकाहरुलाई निको नहुन्जेल घरमा बस्न सुझाव दिइएको हो ।

प्रयाप्तमात्रामा आराम गर्न र सुत्न सुझाव दिइएको छ । त्यस्तै आफूलाई न्यायो राख्न र प्रयाप्तमात्रामा तातो झोल पदार्थ पिउन सुझाव दिइएको छ । त्यस्तै तातोपानीले नुहाउन सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिकित्सकहरुले कोरोना संक्रमणको लक्षण देखिएका बिरामीहरुले बु्रफेन वा एन्टीवायोटिक औषधी प्रयोग नगर्न सुझाव दिएका छन् । कतिपय चिकित्सकले सामान्य ज्वरो र टाउको दुखाईको अवस्थामा पारासिटामोल वा टाइलानोल प्रयोग गर्न सुझाव दिएका छन् ।

यदि ज्वरो नघटेमा, खोकी लागेमा, स्वास फेर्न गाह्रो भएमा तत्कालै स्वास्थ्य उपचार लिन सुझाव दिइएको छ । तर स्वास्थ्यकर्मीलाई पहिले नै फोन गरेर जानकारी दिन सुझाव दिइएको छ ।

आफूलाई कोरोना संक्रमण भएमा वा भएको आशंका लागेमा सामान्य लक्षणहरु देखिएको अवस्थामा घरभित्र बसेर स्वास्थ्यलाभ गर्न सकिन्छ । यस्तो अवस्थामा घरबाहिर जाँदा अरुमा संक्रमण बढ्ने भएकाले घरबाहिर नजान सुझाव दिइएको छ ।

त्यस्तै आफूलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको खण्डमा पनि घरबाहिर नजान सुझाव दिइएको छ । किनभने घरबाहिर जाँदा संक्रमितबाट आफूलाई संक्रमण हुने खतरा भएकाले यस्तो सुझाव दिइएको हो ।

थप जानकारीका लागि विश्व स्वास्थय संगठनको यो वेवसाइट हेर्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com