कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा आएका ११ परिवर्तन


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

कोरोनाका महामारीका कारण अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तन आएका छन् । मार्च १० देखि अहिलेसम्म अमेरिकी अध्यागमनमा विभिन्न ११ परिवर्तनहरु भएका हुन् ।

अमेरिका र मेक्सिकोले आफ्नो सिमाक्षेत्रबाट अत्यावश्यकबाहेकका अन्य काममा आवतजावत बन्द गर्ने घोषणा गरेको छ । अमेरिकाले पनि मेक्सिकोसँगको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेहरुलाई रोक्न थप कदम चालेको छ । सिमाक्षेत्रमा पक्राउ परेकाहरुलाई तुरुन्दै देशनिकालाको आदेश जारी गरेर जुनदेशबाट आएको हो त्यही देशतिर पठाइनेछ ।

२, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले आफ्ना अध्यागमन कारवाहीका तौरतरिकामा फेरवदल गरेको छ । अपराध गरेकाहरु र समाजका लागि खतरा रहेकाहरुमाथि मात्रै कारवाही केन्द्रीत गर्ने भएको छ ।

३, डिपार्टमेन्ट अफ जस्टिसले कैयन अध्यागमन अदालतहरु बन्द गरेको छ । हिराशतमा रहेकाहरु बाहेकका अन्य सबैका सबैप्रकारका सुनुवाईहरु स्थगित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४, अमेरिका र क्यानडाले सिमाबाट दुईदेशबीचको अत्वाश्यकबाहेक अन्य आवागमनमा प्रतिबन्ध लगाउने सहमति गरेका छन् । तर दुईदेशबीचको ब्यापारभने यसबाट प्रभावित हुनेछैन ।

५, अमेरिकामा शरणार्थी स्वीकार कार्यक्रम स्थगित गरिएको छ । युएन शरणार्थी एजेन्सीले नै पुनस्र्थापना यात्रा स्थगित गर्ने घोषणा गरेपछि अमेरिकाले यो कदम चालेको हो ।

६, आइसले अमेरिकाबाट देशनिकाला गर्नका लागि तय भएका केही उडानहरु स्थगित गरेको छ । तर आइसले देशनिकाला भने रोकेको छैन । एकसय दशमलव ४ डिग्री फरेनहाइटभन्दा माथि तापक्रम भएकालाई देशनिकालाको जहाजमा चढाउनेछैन, स्वास्थ्य टिमलाई हस्तान्तरण गरिनेछ ।

, युएससीआईएसले सबै इन पर्सन सेवाहरु बन्द गरेको छ । एसाइलम, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ताहरु, बायोमेट्रिक अप्वाइन्टमेन्टदेखि इन्फोपास अप्वाइन्टमेन्टसम्म स्थगित गरिएका छन् । नागरिकता वितरण समारोहहरु स्थगित गरिएका छन् । युएससीआईएसले आई १४० लगायतका आवेदनमा शीघ्र प्रकृया स्थगित गरेको छ ।

८, आइसले इन पर्सन चेक इन स्थगित गरेको छ । हिराशतमा नभएका आप्रवासीहरुका इन पर्सन अप्वाइन्टमेन्ट अहिलेका लागि स्थगित गरिएको हो । साउर्दन सिमाबाटै हालै छुटेकालाई चेक इनका लागि ३० दिनको समयसिमा बढाएर ६० दिन बनाइएको छ । आइसले हिराशतहरुमा सामाजिक भेटघाट पनि स्थगित गरेको छ ।

९, ग्वाटेमालाले अमेरिकासँग एसाइलम सहमति खारेज गरेको छ । अमेरिकामा एसाइलम गर्नेलाई ग्वाटेमाला पठाउने उक्त सहमति खारेज भएको हो ।

१०, अमेरिकाले बेलायत, आयरल्याण्ड, २६ शेंगेन मुलुकहरुबाट अमेरिका आउन र ती मुलुकको विगत १४ दिनमा भ्रमण गरेकालाई पनि अमेरिका आउनमा प्रतिबन्ध लगाएको छ । चीन, इरान लगायतका मुलुकमा यस्तो प्रतिबन्ध अगाडि नै लगाइएको थियो । यो प्रतिबन्ध अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र परिवारका सदस्यलाई लागु हुनेछैन ।

११, अमेरिकाका विदेशमा रहेका कैयन कन्सुलेट र दूतावासले सेवा स्थगित गरेका छन् । कैयनले डिभी लोटरी र गैरआप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com