पूरै क्यालिफोर्नियामा घरभित्र बस्न आदेश, के गर्न मिल्छ ? के गर्न मिल्दैन ?


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

गभर्नर गेभिन न्युसमले क्यालिफोर्निया राज्यका ४० मिलियन बासिन्दालाई घरबाहिर ननिस्कन आदेश दिएका छन् । यो आदेश गएरातीदेखि कार्यान्वयनमा आएको छ ।

क्यालिफोर्निया वासिंटन र न्युयोर्कपछि सबैभन्दा धेरै प्रभावित राज्य हो । क्यालिफोर्नियामा १०४७ मा कोरोना संक्रमण पुष्टी भएको छ ।

क्यालिफोर्नियाका गभर्नरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यालिफोर्निया राज्यका बासिन्दालाई कोरोना भाइरसबाट पर्ने प्रभावबारे जानकारी दिएका थिए । उनले आगामी ८ साताभित्र राज्यको ५६ प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित हुने अनुमान पत्रमा उल्लेख गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले राज्यभर ८ हप्तामा साढे २५ मिलियनमा संक्रमण हुने अनुमान गरेका हुन् । उनले क्यालिफोर्नियाको लस एन्जलसमा पानी जहाजको अस्पताल पठाउन राष्ट्रपति समक्ष अनुरोध गरेका छन् । रक्षा मन्त्रालयका अधिकारीहरुले एकसाताभित्र पानीजहाजको अस्पताल शियाटलमा पठाउने बताएका छन् ।

के गर्न मिल्छ ? के गर्न मिल्दैन ?

अब त्यसक्षेत्रमा घरमा साथीहरुलाई बोलाएर डिनर पार्टी गर्न पाइनेछैन । त्यस्तै शैलुन वा बार्बरकोमा गएर कापाल काट्न, मेनिकेयर गर्न पाइनेछैन । धार्मिक स्थलमा जम्मा हुन पाइने छैन, यस्ता धार्मिक कार्यहरु घरमै, फोन वा भिडियोबाट गर्नुपर्नेछ ।

भ्याकेसनमा अरु क्षेत्रमा जान पाइने छैन । यदि घर छाडेर भ्याकेसनमा बाहिर गएको खण्डमा तोकिएको अवधिसम्म घरमा आउन दिइनेछैन । जिम र हेल्थक्लबहरु बन्द गरिएको छ । त्यहाँ जान अनुमति छैन ।

त्यस्तै भित्र वा बाहिर रहेका स्वीमिङ पुलहरुमा पौडन अनुमति छैन । तर निजी पुल वा बाथ टब, हटटबमा भने नुहाउन कुनै रोक लगाइएको छैन ।

आफ्ना बालबच्चाहरुलाई न्यानीसँग छाड्न अनुमति छैन । तर न्यानी घरमै बस्ने भएको खण्डमा वा बच्चालाई स्वास्थ्य सेवा आवश्यक भएको खण्डमा भने छाड्न सकिनेछ । त्यस्तै बाबुआमाले घरबाहिरबाट स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्नुपर्ने अवस्था भएमा पनि उनीहरुलाई बच्चालाई न्यानीसँग छाड्न सक्नेछन् ।

रेष्टुरेण्टहरु बन्द गरिएकाले त्यहाँ गएर खान अनुमति छैन । तर टेकआउट वा डेलिभरी भने गर्न सकिनेछ ।

पार्कमा जान, कुकुर डुलाउन अनुमति छ तर तपाई हरेक व्यक्ति ६ फिटको दुरीमा हुनुपर्छ । बैंकमा गएर पैसा निकाल्न अनुमति छ तर अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ ।

एक्लै खेल्ने खेलहरु खेल्न अनुमति छ । तर समुहमा खेल्ने खेलहरुका लागि अनुमति छैन । ग्रोसरी स्टोर, पसल ग्यास स्टेशन, बैंक लगायतका स्थानमा जान अनुमति छ ।

हुलाकहरु पनि खुल्ला रहेछन् । चिठीपत्रको काम गर्न अनुमति छ ।

ट्याक्सी, उबर लगायतका साधन प्रयोग गर्न अनुमति छ । तर अत्यावश्यक कामका लागिमात्र प्रयोग गर्न अनुमति छ । सामान किन्न जान वा अत्वाश्यक काममा यसको प्रयोग गर्न सकिन्छ । तर साथीको घरमा जान, पार्टीमा जान, पार्कमा जान भने यसको प्रयोग गर्न अनुमति छैन ।

यदि कसैले आदेशको उल्लंघन गरेमा कैद सजाय वा जरिवनाको समेत व्यवस्था रहेको छ । किनभने आदेश कानुनी रुपमा नै कार्यान्वयन गर्नका लागि दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com