‘बर्षमा एकदिन आउने शिवरात्री मनाउँदा बदनाम गर्न खोजियो’ : शरिनप्रताप मल्ल


प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

शरिनप्रताप मल्लले आफूले सामाजिक सञ्जालमा हालेको तस्वीरबारे प्रतिकृया दिदै शिवरात्रीको दिन भएकाले आफूहरुले यस्तो जमघट गरेको बताएका छन् । नेपालका प्रतिष्ठित व्यक्तिका परिवारका सन्तानहरुले सामाजिक सञ्जालमै हालेको गाँजा तानेको तस्वीरले एउटा बृत्तमा चर्चा कमाएको थियो ।

आफूहरुले अड्काका रुपमा त्यहाँ पुगेर दैनिक  गाँजा सेवन गर्ने नगरेको समेत उनले बताएका छन् । शरिनप्रताप मल्ल पूर्वमन्त्री कृष्णप्रताप मल्लका छोरा हुन् । उनले आफ्नो फेसबुकमा हालेको तस्वीरमा राजा वीरेन्द्रका एक मात्र जीवित बहिनी शोभा शाहीको छोरा हिमांशु शाही समेत रहेका थिए, जो राइजिङ मलका सञ्चालक हुन् ।

आफूहरु हिन्दु भएका कारण बर्षमा एकदिन आउने शिवरात्री पर्व परम्परागत रुपमा मनाएको शरिनप्रताप मल्लले बताएका छन् । तस्वीरमा रहेका प्रवञ्जन सिंह योगी हुनुभन्दा अगाडि र अहिलेपनि आफ्नो साथी रहेको मल्लले बताएका छन् । साथै भगवान पशुपतिनाथको नजिक रहनका लागि भौतिक सुखसुविधाको जीवन त्यागेर मल्ल मृगस्थलीमा बस्दै आएको समेत उनको भनाई छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पशुपतिनाथको दर्शन अगाडि हामी बाबा प्रवञ्जनलाई भेट्न गएका थियौं । त्यसपछि हामीले शाकाहारी रेष्टुरेण्टमा गएर खाना खाएर घर फर्केका हौं ।’ –  शरिनप्रताप मल्लले भने । उनले बाहिर भनिएजस्तो रेष्टुरेण्टमा कुनै लफडा नभएको दावी गरेका छन् ।

शिवारात्रीको दिनमा खिचिएको भनिएको तस्वीरमा शारदा शाह र कुमार खड्गविक्रम शाहका छोरा दिवस विक्रम शाह पनि रहेका छन् । नेपाल वायुसेवा निगमका सम्मानित पाइलट आरपी राणाका छोरा लोकेश राणा पनि शरिनले पोष्ट गरेको फोटोमा देखिन्छन् । उनी बैंकर हुन् ।

 

त्यस्तै, नेपाली नागरिकता पाएर नेपालमै बसेका व्यापारीका छोरा ताकासी वकाबारा, नेपालका प्रथम वन विभागका प्रमुख कञ्जरभेटर तथा सिन्धुलीका प्रख्यात समाजसेवी मोहनविक्रम थापाका छोरा उदयविक्रम थापा, गुरुका भेषमा बसेका प्रवञ्जन सिंह पनि सोही तस्वीरमा छन् ।

थापा नेपाली सेनाका अवकास प्राप्त क्याप्टेन हुन् । सिंह भूपू आइजीपी हेमबहादुर सिंहका छोरा हुन् । पञ्चायतका जल्दाबल्दा मन्त्री शुशिला थापाका नाती विकाश थापा पनि सोही समूहमा छन् । उनी एक बैंकको उच्च पदमा कार्यरत छन् ।

त्यस्तै, धिरेन्द्र र ज्ञानेन्द्रका ज्वाईँ आदर्श राणा पनि सो समूहमा देखिएका छन् । उनी कुण्डलिनी हेल्थकेयर र कुण्डलिनी पार्टी प्यालेसका सञ्चालक हुन् ।

त्यसैगरी, मुमा बडामहारानी रत्नको बहिनीको नाती, युवराज दीपेन्द्रका प्रेमिका सुप्रियाका दाइ सुनिल शाह पनि तस्वीरमा देखिएका छन् । उनी हाल उनी एक इन्सोरेन्स कम्पनीमा काम गर्छन् ।

यो समाचार शरिनप्रताप मल्लको भनाईसहित अपडेट गरिएको छ । यसअगाडि यो समाचार ‘भीआईपीपुत्रहरुको गाँजाअड्डा’ शीर्षकमा प्रकाशित भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com