बलात्कार आरोपी ‘सिद्धबाबा’ जेल चलान


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

काठमाडौं बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई मंगलबार झुम्का कारागार चलान गरिएको छ ।

एक अनुयायी महिलालाई जवर्जस्ती करणी गरको अभियोगमा थुनछेकका लागि गिरीलाई विराटनगर उच्च अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताए ।

उनकै एक अनुयायी महिलाले सिद्धबाबा भनिने गिरीमाथि जवर्जस्ती करणी गरेको किटानी जाहेरी दिएकी थिइन । सो आरोपमा सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गर्र्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि विराटनगर उच्च अदालतमा त्यसविरुद्ध निवेदन परेको थियो । उच्च अदालतले ९ माघमा गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उच्च अदालतको आदेश आउनुअघि भागेका गिरी मंगलबार बिहान अदालतमा उपस्थित भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com