नेपाली सेनाको ‘सुपथ मूल्य पसल शुरु’


प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार

प्रधानसेनापति थापाबाट सुपथ मूल्य पसल अवलोकन काठमाडौँ, १८ फागुन ः नेपाली सेनाद्वारा सैनिक मुख्यालय परिसरमा सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल (क्यान्टिन) को उद्घाटनपछि अवलोकन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा । तस्वीर ः रत्न श्रेष्ठ÷रासस

नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि आइतवारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार गर्ने योजनाअनुरूप सेनाले केन्द्रीय क्यान्टिनका रूपमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिपुरेश्वरस्थित सेनाको एमईएसको हाताभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल सञ्चालनको शुभारम्भ गर्नुभयो । उक्त पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ ।

बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको जीवनस्तर उठाउन तथा सङ्गठनसँग पहुँच र प्रभावकारिता विस्तार गर्ने उद्देश्यले सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको जनाइएको छ । क्यान्टिनमा प्रारम्भमा रु तीन करोड मूल्य बराबरका सामग्री राखिएको जानकारी दिइयो ।

वार्षिक करिब ४५ हजार ५०० उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त पसलबाट वार्षिकरूपमा रु ४० करोड भन्दाबढी कारोवार हुने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सैनिक सेवामा करारमा रहेकाले पनि उक्त पसलबाट सेवा लिन सक्ने छन् । सेनाले पृतनास्तरमा क्रमशः सुपथ मूल्य पसल विस्तार गर्दै लैजाने योजना जानकारी दिएको छ । कार्यालय सञ्चालन खर्चका लागि थोक मूल्यमा एक प्रतिशत मात्र मूल्य बढाएर विक्री गरिने बताइएको छ ।

यसअघि सेनाले सञ्चालन गर्दैआएको सुन्धरास्थित बसुन्धरा क्यान्टिनबाट गत साउनदेखि बजार भाउभन्दा करिब १० देखि १९ प्रतिशत छुटमा दैनिक उपभोग्य सामग्री बिक्री हुँदै आएको छ । बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारले उत्पादन गरेका सामानको बजारीकरणको लागि पनि अध्ययन भइरहेको सो अवसरमा जानकारी दिइयो ।

भारत, पाकिस्तान र बङ्गलादेशमा पनि कर छुटसहितको यस्ता खाले सुपथ मूल्यका पसल त्यहाँका सेनाले सञ्चालन गर्दैआएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com