मालेका महासचिव सीपी मैनाली चढेको कार दुर्घटना , अवस्था गम्भीर
प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहीबार

नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा पर्नु भएको छ । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो । मैनालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मैनालीसँगै उनका छोरा, बुहारी, नाती र चालकसमेत घाइते भएका छन्। ठक्करबाट मैनालीको दाहिने खुट्टा भाँचिएको र टाउकोमा समेत चोट लागेको प्रहरीले जनाएको छ ।