पाइलाको छाप पछ्याउँदै खोज्नुपर्छ बाटो:सगरमाथा आरोहण


प्रकाशित मिति : चैत्र १०, २०७३ बिहीबार

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ््याइएको, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् रु’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ ।

खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएको भरमा पुग्नुपर्छ । यस क्षेत्रमा पर्यटकका लागि सङ्केत चिन्ह्को समेत व्यवस्था छैन । सङ्केत चिन्ह्को अभावमा कयौँं पर्यटक बाटो बिराएर अन्यत्र समेत पुग्ने गरेको तीतो अनुभव पदयात्री सुनाउँछन् ।

विदेशी तथा स्वदेशीसमेत गरी वार्षिक एक लाखको हाराहारीमा पदयात्री आउने यस क्षेत्रको बाटो निर्माणका लागि अहिलेसम्म कसैले चासो नदिएको आधारशिविर नजिकैको गोरप्सेपका पेम्बा शेर्पा बताउनुहुन्छ ।

“पदयात्री हिँड्दाहिँड्दै बनेको पाइलाको छाप नै बाटो हो, अरु कसैले हालसम्म बाटो बनाएका छैननन्,” उहाँले भन्नुभयो । ढुङ्गामाथि टेक्दै हिँड्नु परेकाले एउटा यामका लागि प्रयोग हुने बाटो अर्को याममा पत्ता लगाउन नसकिने शेर्पाको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“एउटै ठाउँबाट हिँड्ने निश्चित बाटो नै छैन, जहाँ मन लाग्यो त्यहीँबाट पदयात्री हिँड्छन्,” उहाँले भन्नुभयो ।

विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा जाने बाटो मात्र होइन, गोरक्सेपदेखि कालापत्थर, दिङबोचेदेखि छुकुङहँुदै आइस्ल्याण्ड पिक जाने बाटो, यस्तै लबुचे हँुदै गोक्यो जाने बाटोको अवस्था पनि यस्तै छ । चोला पास गर्नु अघि र गरेपछि पनि गोक्यो जाने बाटोको अवस्था उस्तै छ ।

‘चोला पुग्न त अनुभवी शेर्पाको साथमा मात्र जानुपर्छ, होइन भने कुन बेला कहाँ पुगिन्छ थाहै हुँदैन,” जोङ्लाका आङनुरु शेर्पाले भन्नुभयो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेमा रहेको अभिलेख अनुसार वार्षिक करिब ३५ हजार विदेशीका साथै उनीहरुका गाईड, भरिया र स्वदेशी पर्यटकसहित एक लाखको हाराहारीमा मानिस सगरमाथा क्षेत्रमा पुग्छन् । यत्तिका धेरै मानिसको आवातजावत हुने यसक्षेत्रको बाटो निर्माण नहुँदा कयौँले बाटो भूल्ने गरेका छन् ।

“हिउँ परेको बेला सबै भाग उस्तै देखिन्छ, लडेर अङ्गभङ्ग हुने खतरा सधैँ रहन्छ,” आइसफल ट्रेक्स् एन्ड एक्सिपिडिसन्का आरोही सोनाम शेर्पाले भन्नुभयो । पर्यटक हिँड्ने एउटै बाटो भएको भए बिर्सने सम्भावना न्यून हुुनुका साथै सोधेर हिँड्नुपर्ने अवस्था नआउने उहाँको भनाइ छ ।

सगरमाथाको आरोहण शुल्कबापत उठाएको रकमको एक प्रतिशत मात्र खर्च गर्ने हो भने पनि यस क्षेत्रमा बाटो निर्माण गर्न सकिने खुम्बु रक क्लाइमिङ सेन्टरका अध्यक्ष पानुरु शेर्पाले बताउनुभयो । “रोयल्टी उठाएर सगरमाथा जाने तर बाटो निर्माण नगर्ने रु” शेर्पाले प्रश्न गर्नुभयो ।

सगरमाथा आरोहण शुल्कबाट सरकारले बर्सेनि रु ३० करोडभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । सगरमाथाको कुल रोयल्टीको ३० प्रतिशत रकम जिल्लाले पाउने गरेको भए पनि खुम्बु क्षेत्रमा खर्च नगरी अन्य क्षेत्रमा खर्च गर्ने गरेको पाइएको स्थानीय लाफुटी शेर्पाले बताउनुभयो ।

“राज्यले आफ्नै क्षेत्रमा रहेको सगरमाथाको रोयल्टी उठाएर स्थानीय विकास निर्माणका लागि विदेशीलाई गुहार्नु परेको छ,” शेर्पाले गुनासो गर्नुभयो । स्थानीय स्वायत्त शासन ऐन र नियमावली अनुसार हिमाल आरोहणबापत राज्यबाट सोलुखुम्बुले प्राप्त गर्नुपर्ने करिब रु ५२ करोड साविकको जिल्ला विकास समितिमा पर्यटन मन्त्रालयले पठाए पनि रु ४० करोडभन्दा बढी रकम काम नगरी थन्किएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com