फोनको लतले मष्तिस्कको आकारै परिवर्तन


प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार

प्रविधिको विकाससँगै विश्वमा स्मार्ट मोबाइलले प्रत्येक मानिसको जीवनलाई कब्जा गरेझैं भएको छ । धेरै जसो मानिस मोबाइल नहुँदा दैनिकीनै  चलाउन सक्दैनन् । प्रयोग गर्न जान्नेलाई प्रविधिले धेरै फाइदा गराएको छ । तर, प्रयोग गर्न नजान्दा यसले विकराल समस्या निम्याउने अध्ययनले देखाएको छ ।

जर्मन अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा स्मार्ट मोबाइलको लत भएका मानिसहरुको दिमागको आकार र बनावट लागु पदार्थको लत भएका मानिसको जस्तै भएको पाइएको हो । ४८ मानिसहरुको एमआरआई स्क्यान गरी गरिएको अनुसन्धानमा २२ जना स्मार्ट मोबाइलको लत भएका मानिसहरु थिए । अन्य २६ जना मोबाइलको लत नभएका अथवा कम मात्रामा मोबाइल प्रयोग गर्ने मानिसलाई सहभागी गराइएको थियो ।

अध्ययनअनुसार मोबाइलको लत भएका मानिसहरुको मष्तिस्कमा ‘ग्रे मेटर’ को मात्रा लत नभएका मानिसको तुलनामा कम भएको पाइएको हो । ग्रे मेटरमा हेर्ने, याद गर्ने, आफुलाई नियन्त्रण गर्ने, शरिरका अंगहरु चलाउने र निर्णय लिनसक्ने किसिमका मानसिक क्रियाकलाप गर्ने भागहरु समेटिएका हुन्छन् ।

यसबाट स्मार्ट फोनको लतबाट मष्तिस्कमा क्षति भइरहेको अनुसन्धानकर्ताहरुले निष्कर्ष निकालेका छन् । पछिल्लो समय बालबालिकाहरुमा समेत डिजिटल डिभाइसको उपयोग अत्यधिक बढेको छ । यसबाट बालबालिकालाई लत लाग्न सक्ने एवं अप्राकृतिक मानसिकता हुन सक्ने लण्डनको किंग्स कलेजको एक अध्ययनले जनाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन्  १९७५ देखि लतपूर्ण व्यवहार एवं मानिसक असरलगायतका विषयमा अध्ययन, अनुसन्धान गर्दै आएको ‘एडिक्टिभ विह्यावियर’ मा पहिलो पटक यसको अध्ययन प्रकाशित भएको थियो । विकसित देशहरुमा भन्दा विकासोन्मुख देशहरुमा स्मार्ट फोनको प्रयोग बढी भइरहेको अन्र्तराष्ट्रिय दुरसञ्चार संघको तथ्याङ्कले देखाएको छ ।

नेपालमा करिब ७१ प्रतिशत मानिस कहाँ इन्टरनेटको पहुँच रहेको नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क छ । र मोबाइल प्रयोगकर्ता सतप्रतिशत छ । यसबाट, नेपालमै पनि न्यून मात्रामै भएपनि लगातार लामो समयसम्म स्मार्ट फोन चलाइरहने प्रयोगकर्ताहरु रहेको अनुमान गर्न सकिन्छ ।

अध्ययनको निष्कर्षमा भनिएको छ ‘यसबाट बच्न स्मार्ट मोबाइलको प्रयोग सिमित र स्मार्ट तरिकाले नै गर्नु पर्छ । नत्र स्मार्ट मोबाइलले उल्लु मान्छे बनाउँन बेर लाउँदैन ।’एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com