सोमबारदेखि ग्रिनकार्ड आवेदनसँगै आत्मनिर्भरता फर्म : क्रेडिट स्कोरदेखि शैक्षिक योग्यतासम्म


प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार

सोमबारदेखि अमेरिकामा ग्रिनकार्ड आवेदन दिंदा आत्मनिर्भरता पुष्टी गर्ने फर्मपनि भर्नुपर्ने भएको छ । अमेरिकामा ४९ राज्यमा लागु हुन लागेको सरकारी सुविधा लिने र लिने सम्भावना हुनेलाई ग्रिनकार्ड अस्वीकृत गर्न सक्ने पब्लिक चार्ज नियम अन्तरगत नयाँ फर्म जारी गरिएको हो ।

आई ९४४ नामको उक्त फर्म ग्रिनकार्ड आवेदन आई ४८५ का साथमा अनिवार्य भरेर बुझाउनुपर्ने युएससीआईएसले जनाएको छ । यो फर्म सबै आवेदकहरुले बुझाउनुपर्नेछ । तर इलिनोय निवासी आवेदकले भने अहिलेका लागि यो फर्म बुझाउनुपर्नेछैन ।

फर्म आई ९४४ यहाँ उपलब्ध छ ।

१८ पृष्ठ लामो यो फर्ममा सम्पत्ति विवरण, श्रोत र आर्थिक अवस्थाबारे विभिन्न प्रश्नहरुको जवाफ दिनुपर्नेछ । यो फर्ममा आफ्नोमात्र नभएर परिवारका सदस्यहरुको आम्दानीको विवरण समेत बुझाउनुपर्नेछ । साथै मोर्गेजदेखि क्रेडिट कार्डको तिर्न बाँकी रकमको विवरणसमेत खुलाउनुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रेडिट कार्डको रिपोर्टदेखि क्रेडिट स्कोरसम्म बुझाउनुपर्नेछ । यदि क्रेडिट स्कोर कम छ भने कम हुनुको कारणसमेत पेश गर्नुपर्नेछ । त्यस्तै स्वास्थ्यविमाबारेको विस्तृत विवरणसमेत उक्त फर्ममा भर्नुपर्नेछ ।

सरकारी सुविधा लिएको नलिएकोदेखि, शैक्षिक योग्यताको विवरणसम्म भर्नुपर्नेछ । साथै पेशागत दक्षता भए नभएकोबारे सबै विवरण उक्त फर्ममा भर्नुपर्नेभएकोछ । उक्त फर्ममा अँग्रेजी भाषा र अन्य भाषामा दक्षता भए नभएकोबारे पनि विवरण खुलाउनुपर्नेछ ।

ग्रिनकार्ड आवेदनका साथमा उक्त फर्म बुझाइसकेपछि युएससीआईएसले आवेदकले सरकारी सुविधा लिएको लिनसक्ने सम्भावना देखेको खण्डमा धरौटी माग गर्नसक्नेछ । यदि धरौटीमागेको खण्डमा फर्म ९४५ पब्लिक चार्ज बण्ड फर्म पनि भरेर बुझाउनुपर्नेछ । यो फर्म भने युएससीआईसले मागेको व्यक्तिलेमात्र भर्नुपर्छ, सबैले पर्दैन ।

यदि ग्रिनकार्ड लिने व्यक्तिले आगामी ३६ महिनाको अवधिमा १२ महिनाभन्दा लामो समय सरकारी सुविधा लिएको खण्डमा उक्त धरौटी रकम सरकारले नै लिनेछ । यदि कुनै दुईप्रकारका सरकारी सुविधा ६ ६ महिना लिएको खण्डमा त्यो पनि एकबर्ष गणना गरिन्छ ।

तर सरकारी सुविधा नलिएको खण्डमा भने उक्त धरौटी रकम फिर्ता लिन सकिनेछ । त्यसका लागि धरौटी राखेको व्यक्तिले आई ३५६ नामको फर्म भर्नुपर्नेछ । युएससीआईएसले ग्रिनकार्ड लिएको व्यक्तिले अमेरिकी नागरिकता लिएपछि वा अमेरिकाबाट स्थायी रुपमा फर्केपछि वा मृत्यु भएमा पब्लिक चार्ज बण्ड रद्द गर्नेछ ।

त्यस्तै आवेदकले ग्रिनकार्ड प्राप्त गरेको पाँचौं बार्षिकीमा पनि युएससीआईएसले पब्लिक चार्ज बण्ड खारेज गर्नेछ । त्यस्तै आवेदकले पब्लिक चार्जको नियम नलाग्ने अर्को अध्यागमन स्टाटसमा गएमा पनि युएससीआईएसले पब्लिक चार्जको बण्ड खारेज गर्नेछ । त्यसपछि उक्त बण्ड रकम फिर्ता पाइनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com