बेलायत : अर्कोबर्षदेखि लागुहुने प्वाइन्टमा आधारित अध्यागमनबारे सरकारी रुपरेखा सार्वजनिक


प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार

बेलायतले अर्कोबर्षदेखि लागुहुने प्वाइन्टमा आधारित नयाँ अध्यागमन प्रणालीको रुपरेखा सहित सरकारी कागजात सार्वजनिक गरेको छ । बेलायतमा यो नयाँ अध्यागमन प्रणाली सन् २०२१ को सुरुदेखि लागु हुने अपेक्षा गरिएको छ ।

खासगरी रोजगारका लागि बेलायतमा आउनेहरुका लागि प्वाइन्टमा आधारित प्रणाली लागु गर्न लागिएको हो । श्रमबजारमा जागिरको अफर गर्नका लागि अब रोजगारदाताले पत्रिकामार्फत विज्ञापन गर्नुनपर्ने भएको छ ।

विदेशी कामदारहरुले स्पोन्सर लाइसेन्स भएको कम्पनीबाट सुनिश्चित जागिरको अफर प्राप्त गर्नुपर्नेछ भने स्पोन्सर लाइसेन्स नभएका कम्पनीहरुलाई लाइसेन्सका लागि आवेदन दिन सुझाव दिइएको छ ।

अफर गरिएको काम सरकारी मापदण्डभित्र परेको हुनुपर्छ । अहिलेको मापदण्ड अनुशार रेगुलेटेड क्वालिफिकेशन फ्रेमवर्कको लेभल ६ भित्र पर्नुपर्ने प्रावधान रहेपनि नयाँ मापदण्ड अनुशार लेभल ३ भित्र पर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजगारका लागि न्यूनतम दक्षता, तलब र सिपको मापदण्ड तय गरिएको छ । युरोपियन युनियनबाट बेलायत बाहिर गइसकेपछि अहिले कार्यान्वयनको चरणमा रहेको छ । कार्यान्वयनको अवधि सन् २०२० भित्र समाप्त हुनेछ । लगत्तै सन् २०२१ को जनवरीमा प्वाइन्टमा आधारित अध्यागमन प्रणाली लागु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com