मुख्यमन्त्री र सांसदको तलब बढ्यो


प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि सांसदहरूसम्मको सुविधा बृद्धि भएको छ । साउनदेखि लागु हुने  गरि गरिएको निणर्य अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मासिक ७० हजार ७३० रुपैयाँ पाउनेछन् । गतवर्ष उनको मासिक तलब ६० हजार ९७० रुपैयाँ थियो ।

यस्तै, मासिक ५२ हजार रुपैयाँ तलब भएका मन्त्रीहरूले थप आठ हजार ३२० रुपैयाँ अर्थात, ६० हजार ३२० रुपैयाँ पाउने भएका छन् । प्रदेशका ६ जना मन्त्रीहरूको तलबमा वार्षिक पाँच लाख ९९ हजार रुपैयाँ  थपिने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय  अनुसार  प्रदेशका राज्यमन्त्री, सहायकमन्त्रीहरूको पनि तलब बढाएको छ । यस्तै, समितिका सभापति, दलका सचेतक देखि लिएर सांसद सबैको तलब पनि बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेशका ६ जना मन्त्रीहरूको तलबमा वार्षिक पाँच लाख ९९ हजार रुपैयाँ व्यय थपिने भएको छ । मन्त्रीपरिषदको निर्णयले प्रदेशका राज्यमन्त्री, सहायकमन्त्रीहरूको पनि तलब बढाएको छ । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपाली, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेलले राज्यमन्त्रीसरहको सुविधा पाउँछन् । त्यस्तै, योजना आयोगकै थप दुई सदस्यहरूले सहायकमन्त्री सरहको सुविधा पाउँछन् ।

सरकारले सुरुमा राज्यमन्त्रीको मासिक तलबमान ४९ हजार रुपैयाँ र सहायकमन्त्रीको तलबमान ४७ हजार रुपैयाँ तोकेको थियो । अहिले त्यसलाई बढाएर राज्यमन्त्रीको ५६ हजार ८४० रुपैयाँ पु¥याइएको छ । राज्यमन्त्रीको तलब खाने नेपाली र पौडेलले चालु आवदेखि ७ हजार ८४० रुपैयाँ थप पाउनेछन् । वार्षिकरुपमा १ लाख ८८ हजार १६० रुपैयाँ खर्च हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com