जीर्ण म र मेरो मक्किएको बुलेट !
प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार

हर्मन अर्याल
म (यहाँ म भनेको राइफ़ल हो) भित्रबाट निस्केको बुलेट तारानाथ रानाभाटले भनेजस्तै स्वचालित रूपमा राइम मिलाएर भटटटट र रटटटट ननिस्किए पनि भटटरटट गर्दै सानो राइम मिलाएर चाही पक्कै पनि निस्कन्छ। दुई चार बर्ष अगाड़ी तयसबाट निस्किने गोली निकै शक्तिशाली थियो। गोलीको लम्बाई हेर्दा छोटोंदेखिए पनि यसले मानव सरीरमा पूर्याउने क्षति चाही दर्दनाकै थियो। यो शुक्ष्मगोलीले त प्रायजसो मुटुनै ताकेर फाएरिंग गर्थ्यो। कहिलेकाही शरीरको बाह्यअंगमा प्याट्ट छोएर निस्किय पनि अरु बेला त मुटु र दिमाग़ जस्ता संवेदनशीलअंग नै निशाना बनाउथ्यो। दुर्भाग्य! कहिले काही चाही निकै ठूलो गर्जनलेबहिरिए पनि टार्गेट नभेटर्दै फुस्स धुवाँमा परिणत हुन्थ्यो। बत्तिको फ़्यूज़ उड़ेजस्तै।
अलिक अघिको मात्र कुरा हो। म बाट निस्कने गोलीमा हिम्मत थियो। ऊर्जाथियो, अनि विश्वास थियो। टार्गेट गरेर फ़ायरिंग गरेपछि उच्च, नभए पनी मध्यम स्तरको क्षति त पार्थ्यो पार्थ्यो। कति पटक त यसले मैं हूँ भन्ने राजनेताहरुलाईपनि त्राही त्राही बनाएको छ। यसको गर्जनको जतिनै गुडगान गरे पनि सकीदैन।भ्रष्टाचार गर्नेहरुलाई अलिक छीचोल्न न सके पनि व्यभिचारी लाई कठघरामापुर्यायो। मान्छेलाई ज्यूँदै जलाउने अपराधीलाई क़ानूनी दायरामा ल्यायो।यातायातमा सिंडिकेट गर्नेलाई कोमामा पुर्यायो। अनि काम समयमा नसक्काउने ठेकेदारलाई हल्का तर्सायो।
पथभ्रस्ट, हत्यारा एवं अनैतिक कर्म गर्नेहरूको खेदों खनेको मेरो राइफ़लको गोलीआजभोली निष्क्रिय जस्तै भएको छ।सही निशाना ताकेर पावरकासाथ लन्चगरेपनि, अंतरद्वन्द्वले होकी क्याहो, कहिलेकाही मिसफ़ायर हुनेगरेको छ।अझकहिलेकाही त निशानामा ठोक्कीयर प्रतिबिम्बित पो हुनथालेको छ। मैं आफैमाथी।आजकल त जागै हुदापनि घरीघरी झसक्क झस्किंछु। राती यसो झकाउनखोज्छु, मैले फायरिंग गरेका बुलेटहरूले चारैतीरबाट मैंलाई घेरेर राक्षशी हासोहासीरहेको देख्छु। अनायासै झसँङ हूँदै ब्युझंछू। तिब्र गतिले चलेको मेरो मुटुको धड़कन सुन्छु। अहो! फगत म डर र त्रासले विचलित भए जस्तो आभाष पाऊँछू ।
यी र यस्तै पिडाबोधले आजकल मलाईं भावूक बनाएको छ । म तेर्सिएकोदेखेर पनि मानिसहरू डराऊन छाडेका छन। मलाई देख्दा डरले बाटो मोडेर लसूक्क भाग्नेहरु आजकल त ठोक्किएल्लान झै गरी हुईकिन थालेका छन। मेरोसामु लम्पसार पर्नेहरु मेरो बारे नानाथरीका प्रपंच बुन्न थालेका छन। पहिलेपहिले फाएरिंग गर्दा राइम मिलाएर निशाना चूम्ने मेरा गोलीहरू अजभोलि बेसुरा भएका छन। म घोतलियर सोच्छु। कतै मेरो बुलेटको बारूद पो सकियो की? बारूद पो मक्कियो की? वा, मेरो बुलेटको फाएरिंग क्षमता पो क्षीण भयो की? वा तिखो चुच्चो पो भुत्तियो की? अझ गहन भएर सोच्छु। कतै मेरो नाल तबिग्रियन? मेरो गोली राख्ने ब्यारल त जंगिएन? निशाना साधने फ्रण्ट साइट पोबांगियो की? बोल्ट कमजोर भएर म्यागजिन क्रियाशील पो भएन की? अथवा, ट्रिगर बिग्रिएर फायरिंगको टाइमिंग पो मिलेन की?
खै! म र मेरो गोलीको शक्ति ह्राश भएर हो की क्याहो आजकल म कालकोठरीमा थन्किए जस्तै भएको छु। मलाई शाहसिलो काध थापीदिने योद्धाको कमिमहासुश गरेको छु। मेरो मर्मत संभारमा ठूलो धनराशी खर्चेर पनि म बौरिन सकेको छैन। राइम को शंखनाध गर्ने म र मेरो बुलेट आज निरीह प्रायः भएका छौ।आफ़्नै नाक मुनि बाट बालुवाटार को जग्गा हत्याउदा हामिले केही गर्न सकेनौ।वाइडबड़ी मा खर्बौको भ्रष्टाचार गर्नेहरुलाई कानुनी दायरामा ल्याउन सकेनौ।३२किलो सुनलाई अंसबंडा गरेर पचाउने तस्करीलाई टूलुटूलु हेरीराख्यौ। विदेशीले परेड खेल्ने आफ्नो मातृभूमि फिर्ताउन सकेनौ। अझ हिजोअस्ति त सानोतिनो मानिस हो र “यती” संग पनि नतमस्तक भएर झुक्यौ।
उफ! हाम्रा यी सबै अकर्मण्यता देख्दा तेसै तेसै भाउन्न भएर आऊछ।लाग्छ, म रमेरो बुलेट स्खलित भएका छौ। मक्किएका छौ।माफियाहरूको चक्रब्युहमा अल्लमलिएका छौं । कहिलेकाही त फेरी पनि संखनाध गर्दै बुलेट पड़काएर मीठो राईम गाउन मन लाग्छ। तर, तर अब लाग्छ मेरो राइफ़लबाट नीस्किने बुलेटको राईम मा पहिलेको जस्तों तागत छैन।ऊर्जा छैन। ज्वाला छैन। अनी, लाभा छैन।आजकल त मलाईं फ़ायरिंग गर्न पनि डर लाग्छ। सोच्छु, कतै मेरो निशाना मिसभयो भने? कतै मैले हनेको बुलेटले मैलाई ब्याकफ़ायर गर्यो भने? अझ, बुलेट नै फुस्स भएर धुवाँ मात्र हावामा उड्यो भने?
अर्याल,गणित शास्त्रमा ओहायो युनिभर्सिटी अमेरिका मा पि.एच.डी अध्यनरत हून ।