भिसा आवेदन र शुल्क लिने नक्कली वेवसाइट, सरकारी वेवसाइटबाट मात्र आवेदन दिन सुझाव


प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार

सरकारले नेपाली भिसा आवेदन लिने नक्कली वेवसाइटहरु संचालनमा आइरहेकोबारे उजुरीहरु प्राप्त गरेको जनाएको छ । नेपाल सरकारको अध्यागमन विभागले त्यस्ता नक्कली वेवसाइटहरुको प्रयोग गरेको भिसा आवेदन नदिन र शुल्क नर्तिन सुझाव दिएको छ ।

नेपालको भिसा आवेदन संकलनका लागि अध्यागमन विभागले कुनै पनि एजेन्सी वा थर्ड पार्टीलाई अधिकार नदिएको पनि विभागले स्पष्ट पारेको छ । साथै भिसा आवेदन दिन चाहनेहरुले सरकारी वेवसाइटको यो लिंकमा गएर भिसा आवेदन दिन समेत सुझाव दिएको छ ।

भिसा आवेदन दिने लिंक

नेपाल सरकारको अध्यागमन विभागले सबै प्रकारका अनलाइन भिसा आवेदनहरु सरकारी वेवसाइटबाट प्राप्त गर्दै आएको छ ।

कैयन विदेशी पर्यटकहरु भिसा आवेदनका नाममा ठगिदै आएका छन् । छिटो र सहज तरिकाले भिसा आवेदन गरिदिने भन्दै एजेन्सी र थर्ड पार्टीहरुले उनीहरुलाई ठग्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com