कुवेतमा निर्माण स्थलमा पुरिए १० नेपाली, ४ को मृत्यु, ३ को अवस्था अज्ञात (भिडियो )

कुवेतमा एउटा निर्माणस्थलमा पुरिएर ज्यान गुमाउने ४ जना नै नेपाली रहेको पुष्टी भएको छ । मुतला सिटी प्रोजेक्टमा निर्माणका क्रममा जमिन भत्किदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन् । निर्माणका क्रममा काम गरिरहेका उनीहरुमाथि बालुवाको थुप्रो र ग्राभेल खसेको थियो ।

१० जना कामदारहरु पुरिएको सुचना प्राप्त गर्नासाथ उद्दारकर्ताहरु घटनास्थलमा पुगेका थिए । उद्दारकर्ताहरुले ६ जनालाई त्यहाँबाट निकाल्न सफल भएका थिए । तर तीमध्ये ३ जनाको मृत्यु भइसकेको थियो । उनीहरुलाई घटनास्थलमा नै मृत घोषणा गरिएको छ ।

Loading...

त्यसको केहीबेरमा अर्का एकजनालाई पनि निकालिएको थियो । बाहिर निकाल्दासम्म उनको पनि मृत्यु भइसकेको जनाइएको छ । अरु तीनजना अहिलेसम्म वेपत्ता रहेका छन् ।

सार्वजनिक निर्माणमन्त्री र आवास मामिला राज्यमन्त्रीले घटनास्थलको अवलोकन गरेकी छिन् । उनले घटनाको छानविनका लागि छानविन समिति गठन गर्न निर्देशन दिएकी छिन् । कुनै लापरवाहीका कारण घटना भएको भए लापरवाही गर्नेलाई जिम्मेबार ठहराउन उनले निर्देशन दिएकी छिन् ।

Loading...

 

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com