ब्लुमबर्गको योजना : अध्ययन सकेकालाई ग्रिनकार्ड, टीपीएसवाहकलाई नागरिकताको बाटोमा


प्रकाशित मिति : माघ २७, २०७६ सोमबार

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदवार माइकल ब्लुमबर्गले राष्ट्रपतिमा निर्वाचित भएमा आफूले गर्ने अध्यागमन सुधारको योजना सार्वजनिक गरेका छन् । आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकामा रहको एक करोड भन्दा धेरै कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने योजना उनले सार्वजनिक गरेका छन् ।

उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमनमा कडाई गर्नका लागि ल्याएका नीतिहरु उल्टाउने र भिसा प्रणालीमा परिवर्तन गर्ने योजना सार्वजनिक गरेका छन् । अमेरिकाको विभिन्न क्षेत्रको आर्थिक र सामाजिक आवश्यकता पूर्तिगर्ने क्षेत्रमा आधारित भिसाको व्यवस्थ गर्ने उनले घोषणा गरेका छन् ।

न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईका साथमा अर्बपति ब्यापारी माइकल ब्लुमबर्ग ।

त्यस्तै उनले विभिन्न देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाउने, छुटाइएका परिवारलाई मिलाउने र पर्खाल निर्माणको काम रोक्ने जनाएका छन् । त्यस्तै टीपीएस र डाकामा रहेकाहरुलाई विशेष कार्यक्रम घोषणा गरेर ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने योजना उनले सार्वजनिक गरेका छन् ।

स्टार्टअप भिसाको व्यवस्थागर्ने तथा विज्ञान, प्रविधि, इन्जिनियरिंग, गणित लगायत स्वास्थ्य र विजनेशनमा अमेरिकामा डिग्री गरेका विदेशी विद्यार्थीहरुलाई पनि ग्रिनकार्ड आवेदन दिन पाउने व्यवस्था गर्ने ब्लुमबर्गका योजना रहेको छ । विदेशी डाक्टर र नर्सका लागि समेत ग्रिनकार्डका लागि सहज वातावरण बनाउने ब्लुमबर्गको योजना छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्लुमबर्गले १२ बर्षसम्म न्युयोर्क सिटीको मेयर हुँदा विविधता भएको समुदायलाई सेवा गरेको अनुभवका आधारमा अध्यागमन योजना अगाडि बढाउने बताएका छन् । अपराध गरेकाहरुलाईमात्र देशनिकाला गर्ने तर समुदायका सदस्यहरुलाई देशनिकाला नगर्ने ब्लुमबर्गको अध्यागमन योजनामा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com