विभिन्न मुलुकका ७० जना बौद्ध गुरु काठमाडौंमा


प्रकाशित मिति : माघ २५, २०७६ शनिबार

नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्न चाबहिलस्थित चारुमती विहारमा माघ २५ र २६ गते गर्न लागिएको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकका ७० जना बौद्ध गुरु काठमाडौँ आएका छन् ।

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एशोसिएशनको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा, कम्बोडिया र लाओसका बौद्ध गुरु बौद्ध साहित्य वाचनका लागि शुक्रबार काठमाडौँ आएका हुन् । स्वदेशी तथा विदेशी भिक्षुले उक्त ग्रन्थका केही वाक्यांशलाई सामूहिक रुपमा पाठ गरी विश्व शान्ति तथा राष्ट्रिय कल्याणका लागि कामना गरिने उक्त कार्यक्रमका लागि नेपालबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका करीब १५० बौद्ध गुरु सहभागी हुनेछन् । बौद्ध धर्मको पुरानो ग्रन्थ त्रिपिटक तीन भागमा छन् । त्रिपिटक पाली भाषामा लेखिएको महत्वपूर्ण ग्रन्थ हो । यो अन्य भाषामा अनुवाद गरिएको छ ।

शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि जीवनको अन्तिम समयसम्म दिएका प्रवचन तथा उपदेशलाई बौद्ध शिक्षाका रुपमा सङ्कलन गरिएकाले यसलाई पवित्र कृतिका रुपमा लिइएको छ । उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ । करीब दुई हजार ३०० वर्ष पुरानो मानिएको उक्त विहार तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरी मालाले ढकप्प पारी सिङ्गारिएको छ । विहार परिसरमा त्रिपिटक वाचनका लागि समारोह स्थल चिटिक्क पारिएको छ ।

कार्यक्रमको प्रचारप्रसारबाट देशविदेशका बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गरी स्वदेशमा धार्मिक पर्यटन अभिवृद्धि हुने विश्वास लिइएको कार्यक्रमका संयोजक भिक्षु तपस्सी धम्मले जानकारी दिए । माघ २५ गते बिहान चारुमती विश्व साइकल यात्रा गरी दिउँसो त्रिपिटक वाचन गरिनेछ ।चाबहिलदेखि शुरु हुने साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर पुनःकार्यक्रस्थलमा आउने कार्यक्रम छ ।-रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com