श्रम मन्त्रालय: ६ महिनामा ७० प्रतिशत प्रगति


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा बजेट कार्यान्वयनमा ७० दशमलव ५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति समीक्षा बैठकमा वार्षिक, नीति, कार्यक्रम र बजेट कार्यान्वयन, कार्ययोजना, चरणबद्ध उपलब्धि र मुख्य उपलब्धि सूचकको आधारमा ७० प्रतिशतभन्दा बढी प्रगति हासिल गरिएको जानकारी दिए ।

बिहीबार मन्त्रालयमा आयोजित बैठककमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री रामेश्वरराय यावदले आन्तरिक रोजगारी प्रवर्द्धन हुने गरी रोजगारीका क्षेत्र खोजी गर्नुपर्ने बताए । उनले सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउन, आन्तरिक रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारीलाई उपलब्धिमूलक बनाउन निर्देशन दिए । मन्त्रालयका सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खरिदको सूचना चाँडै नै प्रकाशन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिए ।

सचिव केसीले श्रम सम्बन्ध असल राख्न, वैदेशिक रोजगारीमा ठगी र अनियमितता अन्त्य गर्न, आन्तरिक रोजगारीलाई प्रोत्साहन दिन र सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन मन्त्रालयले जोड दिएको जानकारी दिए । बैठकमा विनियोजित कार्यक्रमको हरेक शीर्षकको भएको कार्यप्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्यअनुसार प्रगति हासिल गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल भएको थियो । –रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com