प्रदेश ५ मा १ लाख ४८ हजार उद्योग


प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार

प्रदेश–५ मा करिव १ लाख ४८ हजार उद्योगहरु रहेका छन् । नेपालमा गरिएको पहिलो पटक आर्थिक गणना २०७५ को तथ्यांक अनुसार प्रदेश-५ मा १ लाख ४७ हजार ७ सय ८९ वटा उद्योगहरु रहेका छन् । यो संख्या प्रदेशमा रहेका सबै प्रकारका उद्योग रहेको तथ्यांकले देखाएको छ । जसमा ४ लाख ७४ हजार २ सय ६४ जनाले रोजगार प्राप्त गरेका छन् । यसरी रोजगार प्राप्त गर्ने मध्ये पुरुष ३ लाख ६ हजार ८ सय ९२ जना रहेका छन् भने महिला १ लाख ६७ हजार ३ सय ७२ जना रहेको आर्थिक तथ्यांकले देखाएको छ ।

प्रदेशमा रहेका उद्योग मध्ये २०७० साल देखि २०७५ साल सम्म ८७ हजार ८ सय ३ वटा स्थापना भएका छन् । २०६० देखि २०६९ सालसम्म ३९ हजार २ सय ८ वटा दर्ता भएका थिए । सञ्चालन मिति नै थाहा नभएका ३ हजार ६ सय ७७ वटा रहेको आर्थिक गणनाले देखाएको छ । यीमध्ये बाटोमा नै सञ्चालन भएका ९ हजार ३ सय ७६ वटा रहेका छन् । आफू बसेको घरमा नै सञ्चालन भएका ६६ हजार ८ सय ३४ वटा रहेका छन् । त्यसैगरी आफू बसेको घर भन्दा फरक स्थानमा सञ्चालन भएका ४८ हजार २ सय ४२ वटा रहेका छन् । परम्परागत बजारमा सञ्चालन भएका ९ हजार २ सय ६३, आधुनिक व्यापार महलमा सञ्चालन भएका १ हजार ८७ वटा र एउटै ठूलो व्लक वा कम्पाउण्डमा सञ्चालन भएका ८ हजार ९ सय ६८ वटा रहेका छन् । रोल्पामा ५ हजार ९४ उद्योगमा ७ हजार ५ सय ६६ जना पुरुष र ७ हजार ८ सय ९० जना रोगार प्राप्त गरेका छन् । प्युठानमा ५ हजार ६ सय ६ वटा उद्योगमा ११ हजार ९ सय ३८ जना पुरुष र ९ हजार ४ सय ३५ जना महिलाले रोजगार प्राप्त गरेको आर्थिक गणनाले देखाएको छ ।

गुल्मीमा ९ हजार ५ सय ४८ वटा उद्योगमा १३ हजार ७१ जना पुरुष र ९ हजार ८ सय ५ जना महिलाले रोजगार प्राप्त गरेका छन् । अर्घाखाची जिल्लामा ६ हजार ६ सय १९ वटा उद्योग रहेकोमा ८ हजार ७ सय ६८ पुरुष र ५ हजार ८ सय ४५ जना महिलाले रोजगार प्राप्त गरेका छन् । त्यसैगरी रुकुम पूर्वमा १ हजार २ वटा उद्योगमा १ हजार ४ सय ६३ जना पुरुष र १ हजार १ सय ३९ जना महिलाले रोजगार प्राप्त गरेका छन् । पाल्पा जिल्लामा ८ हजार ७ सय १ वटा रहेका छन् । जस्मा १४ हजार ८८ जना पुरुष तथा १० हजार ८ सय १४ जना महिलाले रोजगार प्राप्त गरेका छन् । यसैगरेर नवलपरासी पश्चिममा ११ हजार २ सय ८ वटा उद्योगमा २६ हजार ७ सय ७४ जना पुरुष र १७ हजार ९२ जना महिलाले रोजगार प्राप्त गरेका छन् । रुपन्देही जिल्लामा ३८ हजार ४ सय ३ वटा उद्योगमा ९४ हजार ३ सय ५७ जना पुरुष र ४० हजार ४ सय १५ महिला रोजगारी प्राप्त गरेको छ । यस्तै कपिलवस्तु जिल्लामा १३ हजार ६ सय ७ वटा उद्योगमा ३० हजार ७ सय ४२ जना पुरुष र ९ हजार ८ सय ६८ जना महिला रोजगार प्राप्त गरेका छन् ।

दाङ जिल्लामा १४ हजार ४ सय २१ वटा उद्योगमा २८ हजार ८ सय ४७ जना पुरुष र १८ हजार ७ सय ५१ जना महिलाले रोजगार प्राप्त गरेको आर्थिक गणनाको तथ्याङकले देखाएको छ । बाँके जिल्लामा १८ हजार ६ सय ६६ वटा उद्योगमा ४४ हजार ३ सय ३३ जना पुरुष र २० हजार ५ सय ४९ जना महिला रोजगार प्राप्त गरेका छन् । भने बर्दिया जिल्लामा १४ हजार ८ सय ९६ वटा उद्योगमा २४ हजार ९ सय ४५ जना पुरुष तथा १५ हजार ७ सय ६९ जना महिलाले रोजगार प्राप्त गरेका छन् । पछिल्लो समयमा उद्योगहरुको स्थापना वढदै गएको समेत तथ्यांकले देखाएको छ । उद्योगहरुको स्थापनासँगै रोजगार प्राप्त गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ । जसले गर्दा यस क्षेत्रको आर्थिक वृद्धि समेत हुँदै गएको छ ।- अमरराज आचार्य/कारोबार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com