एमाले निकट प्रवासी नेपाली मञ्च अमेरिकाको नेतृत्वमा होडबाजी


प्रकाशित मिति : चैत्र ७, २०७३ सोमबार

एमाले निकट प्रवासी नेपाली मञ्च अमेरिकाको नयाँ नेतृत्व छनौटका लागि मार्च ३१ देखि अप्रिल २ सम्म बाल्टिमोरमा हुने अधिवेशनको पूर्व सन्ध्यामा आगामी नेतृत्वबारे रस्साकस्सी सुरु भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षका दावेदारहरुमा टेक गुरुङ, प्रभु थापा र जनक राना रहेका छन् भने महासचिवका दावेदारहरुमा राधाकृष्ण देउजा र कमल ओझा अग्रपंक्तिमा रहेका छन् ।

अमेरिकाका चारवटा क्षेत्रबाट चार उपाध्यक्ष र चारवटा सचिवको छनौट हुने भएपनि उपाध्यक्षका दावेदारहरुमा १० जना रहेका छन् भने सचिवका लागि २४ जनाभन्दा धेरै छन् । आकांक्षीको संख्या हेर्दा चुनाव हुनेजस्तो देखिएपनि अन्तत सहमति हुने सम्भावना नटरेको उम्मेदवारहरुको भनाई छ । वर्तमान अध्यक्ष संजय थापा सहमतिको पक्षमा रहेकाले र आफू दोहोरिने मनस्थीतिमा नरहेकाले सहमतिको समेत सम्भावना जिवितै रहेको हो ।

अध्यक्षका दावेदार टेक गुरुङ लामो समयदेखि अमेरिकामा कृयाशिल मृदुभाषी समाजसेवी हुन् भने अर्का दावेदार प्रभु थापा संगठनका वर्तमान महासचिव हुन् । त्यस्तै टेक्सास निवासी जनक राना स्थानीय स्तरमा कृयाशिल छन् । महासचिवका दावेदार राधाकृष्ण देउजा प्रवासी नेपाली मञ्च अमेरिकाको न्युयोर्क अध्यक्ष हुन् भने नेपालको राजनीतिमा अमेरिकाबाट चर्चित र प्रभावशाली व्यक्तित्व हुन् । महासचिवका अर्का उम्मेदवार कमल ओझा प्रवासी नेपाली मञ्च अमेरिकाका वर्तमान सचिव हुन् ।

ओझा वर्तमान कार्यसमितिमा सचिव रहेकाले महासचिवको उम्मेदवारकामा रुपमा स्वभाविक दावेदारका रुपमा प्रस्तुत गर्दै आएको देखिएको छ । तर अर्का दावेदार देउजा भन्छन् – “संगठनमा समय र आवश्यकता अनुशारको जिम्मेवारी सम्हाल्ने एउटा कुरा हो । तर कुनै पदमा जानका निम्ति त्यो पदमा काम गर्न योग्यता र क्षमताले अब्बल रहेको आधारमामात्र दावी गर्ने आफ्नो स्वभाव अनुशार आफूलाई महासचिव पदमा अगाडि सारेको छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“अहिले जस्तोसुकै ढंगले दावी प्रस्तुत गर्ने र आआफ्नो प्रचार प्रसार गर्ने काम भएको भएपनि अन्तत सहमतिबाटै नयाँ नेतृत्व छनौट हुन्छ र त्यसो हुँदा को कहाँ रहन्छ भन्ने कुराले खास महत्व राख्दैन ।”-  महासचिवका दावेदार देउजा भन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com