आज र भोलि धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (बुधबार) र भोलि (बिहीबार) देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार पश्चिमी र मध्य भू-भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानमा भारी हिमपातको संभावना रहेको छ । बिहीबार पनि देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहे पनि बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com