प्रहरीले खोजी गरिरहेकी आस्था राउत आफन्तको सहयोगमा प्रहरी कार्यालयमा


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

गायिका आस्था राउतलाई आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएका छन् ।

विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी रमिशा श्रेष्ठले राउतविरुद्ध प्रहरीमा उजुरी दिएपछि उजुरीका आधारमा राउतलाई प्रहरीले खोजीको सूचीमा राखेको थियो ।

आफन्तले नै उपस्थित गराएपछि प्रहरीले अहिले राउतको स्वास्थ्यजाँच गरेको जनाइएको छ । प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै गायिका राउत पछिल्लो समय विवादित बनेकी थिइन् ।

सुरक्षा जाँचका क्रममा आफूमाथि अभद्र व्यवहार भएको भन्दै राउतले सामाजिक सञ्जालमार्फत् आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिपछि उनी विवादमा तानिएकी हुन् ।

सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयले माघ १३ मा गायिका राउतलाई पक्राउ गर्न अनुमती दिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com